विदुर÷निर्वाचन आयोगले आउदो निर्वाचनको लागि फोटो सहितको मतदाता नामावलीको लागि फोटो खिचाउन खुल्ला गरेपछि नुवाकोटको १२ वटै स्थानीय तहमा सर्वसाधारणको भीड लागिरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मतदातामा उत्साह वढेका कारण मतदाता नामावलीमा फोटो खिचाउनेको भीड निकै लागेको जनाएको छ । तीन साताको अवधि नुवाकोटमा ७ हजार २ सय २१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरेको कार्यालय प्रमुख जनार्दन अधिकारीले वताउनुभयो । फोटो खिचाउने मध्ये ४० प्रतिशत महिला रहेका छन् । एकसय २६ जनाले मतदान केन्द्र ठाउं सारेको र १३ जनाले त्रुटी सच्याएका छन् । पछिल्ला दिनहरूमा दैनिक चारसय हाराहामीमा फोटो खिच्ने काम भइरहेको छ ।
जिल्लाभरमा १२ थानमा फोटो खिचाउने काम भइरहेकोमा मतदाताहरूको भीड लागेको फोटो सहितको मतदाता नामावली अद्याबधिक गराउने नागरिकको संख्या बढेको जिल्ला निर्बाचन कार्यालयले जनायो । २५ कर्मचारी नामावली संकलनमा खटिएका छन् । निर्वाचन कार्यालयले कर्मचारी मार्फत साउन १६ गतेदेखि ३२ गतेसम्म हरेक गाउँ तथा नगरपालिकामा गएर फोटो खिच्ने कार्य गरिरहेको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले बताउनुभयो ।

No comments:
Post a Comment