विदुर÷मानब बेचबिखन तथा ओसारपसार अभियोगमा गएको साता पक्राउ परी दुईवटा मुद्दा खेपिरहेका घ्याङफेदीका कुमार तामाङमाथि थप एक बालिकालाई भारतमा बिक्री गरेको किटानी जाहेरी परेको छ ।
दुप्चेश्वर गाउँपालिका १ साबिक घ्याङफेदी ७ का १८ वर्षीय तामाङविरुद्ध नुवाकोटको एक बालिकालाई गत वैशाख अन्तिम साता भारतमा लगेर बिक्री गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । तामाङले फकाएर राम्रो काम लगाइदिने भन्दै वैशाख १५ गते काठमाडौँ लगेको र वैशाख अन्तिम सातादेखि बालिका सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा भारतमा पु¥याएको पीडित परिवारले दाबी गरेका छन् । बालिकालाई भारतको वेश्यालयमा बिक्री गरेको भन्दै तामाङविरुद्ध किटानी परेपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।
बालिकालाई भारतमा बिक्री गर्न लैजाने अन्य सहयोगीको समेत खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरी हिरासत कक्षमा रहेका तामाङ यसअघि नुवाकोटको २३ वर्षीया महिलालाई भारतमा बिक्री गर्न लैजाँदै गर्दा अन्य तीनजना सहयोगी सहित पक्राउ परेका थिए ।
तामाङ पक्राउ परेपछि नुवाकोटका दुई महिला पनि बिक्री गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी
दिएकाले मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी दुई मुद्दा यसअघि नै दर्ता भएर कारबाहीका लागि प्रहरी अनुसन्धान चलिरहेको जिल्ला प्रही कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटको घ्याङफेदी र आसपासको क्षेत्रका तामाङ समुदायका बालिका तथा महिला अशिक्षित तथा बेरोजगार भएकाले गाउँकै दलालले भारतस्थित वेश्यालयमा बिक्री गर्ने अपराध लामो समयदेखि विद्यमान छ ।

No comments:
Post a Comment