Monday, August 07, 2017

तीन जनाको शव फेला पर्यो

शशिकुमार डङगोल
पैरेबेसी (रसुवा) रसुवाको पहिरेवेशीमा गएराति पहिरोमा पुरिएका मध्ये तीन जनाको शव फेला परेको छ । एक जनाको शवको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । गए रातीको पहिरोमा ८ घर पुरिएको थियो भने चार जना वेपत्ता भएका थिए ।
               पहिरोमा परी मृत्यु हुनेहरुमा एका घरका सदस्य रहेका छन् । जसमा ७७ बर्षिय धर्मबहादुर थापामगर, ३३ बर्षिय बुहारी मुना थापामगर, ४ बर्षिय नाति रविन थापामगर र घरमा काम गर्ने ७८ बर्षिया भक्तबहादुर नगरकोटी छन् ।
               हराईरहेका ४ जनाको उद्धारका लागि स्काभेटर परिचालन गरिएको थियो । सदरमुकाम धुन्चे तथा शान्तिबजारबाट दुईवटा स्काभेटर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।


सदरमुकामबाट गएको स्काभेटर शान्तिबजारमा रहेको स्काभेटरले अबरुद्ध बाटो सुचारु गर्दै घटनास्थलमा उद्धारका लागि गईरहेको बताइएको छ । पहिरोका कारण पहिरेबेशिको करिब ३० घर परिबार बिस्थापित भएको र बिस्थापित परिवारका लागि प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायको टोलि राहात रकम तथा सामाग्री लिएर घटनास्थलतर्फ गएका छन् ।
              उत्तरगया गाउँपालिका–४ पहिरेबेशिमा राति ९ वजेतिर खसेको पहिरोको कारण ८ घर पुरिएको हो । स्थानिय खड्गबहादुर घले, मुना घले, दिपक घले, कान्छि मगर्नि, देवकि भुजेल, लालबहाखुर थापामगर, गोपालबहादुर थापामगर, हरि घले र यवबहादुर थापामगरमको घरमा क्षति पुगेको छ ।
              पहिरोमा परि लालबहाखुर थापा मगर र उहाको श्रीमती बिन्दा थापामगर घाइते हुनुभएको छ । बिन्दाको अवस्था गम्भीर रहेको छ । दर्जनौंको सङ्ख्यामा पशु पनि मरेको छ । गाउँ पुग्ने सडक समेत पहिलोले बगाएको कारण उद्वारमा जानेहरुलाई समस्या भएको थियो ।
              बेपत्ताहरुको सेनाले खोजि गरिरहेको छ । श्रीनाथ गण नुवाकोटबाट खटिएको सेनाले बेपत्ताहरुको खोजि गरिरहेको र पहिरोको दलदलका कारण समस्या भएको श्रीनाथ गणका प्रमुख रोहित गुरुङले बताउनुभयो । रसुवाबाट पनि उद्वारका लागि सेना घटनास्थलमा पुगेको छ ।
               त्यसैगरी पहिरोको कारण जिल्लाको ढुङ्गेमा पनि दुई ओटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयवासी त्रसित भएका छन् ।
             बेत्रावती भन्दा माथिको सडको बिच बिचमा पहिरो गरेको कारणा रसुवामा यातायातका साधन बन्द भएको छ । मोटरसाईकल मात्रै गुड्न मिल्ने गरि सडक भासिएकोले जिल्ला सदरमुकाम र अन्य गाउबाट आवतजावत बन्द भएको छ । रसुवागढी आवतजावत गर्ने मालबाहक साधन पनि रोकिएको छ ।
             आज बिहानैबाट रसुवामा नुवाकोटबाट जाने सवारी साधन प्रबेशमा रोक लगाईएको छ । नुवाकोट र रसुवाको सिमास्थल बेत्रावतीबाट ठुला सवारी साधन रसुवा प्रबेश गरेको छैन ।

No comments:

Post a Comment