विदुर÷बट्टार बसर्पाक पुन सञ्चालनमा आएको छ । यस अघि पनि दुई पटक सञ्चालन हुँदै रोकिएको थियो । एशियाली विकास बैङ्कको सहयोगमा शहरी तथा वातावरणीय सुधार परियोजनाले ७ वर्षअघि १ करोड ८७ लाखको लगानीमा निर्माण गरेको बट्टार बसर्पाक व्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको हो ।
बसपार्क निर्माण भएर पनि पार्किङस्थलमा सवारीसाधन नजादा दुरुपयोग भएकाले बसपार्कमा सवारीसाधन अनिवार्य प्रवेश गर्न‘पर्ने व्यवस्था गरी सञ्चालनमा ल्याइएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो । नुवाकोटको गौरबको रुपमा निर्माण भएको संरचनाको सदुपयोग नभई बजार पसिरमानै सबारी पार्क गर्दा बजार अब्यबस्थित भएकाले पुनः बसपार्कलाई सञ्चालन गरिएको बताउनु भयो ।
साउन पहिलो साता यातायात क्षेत्रका सरोकारवालाको बैठकले बसपार्कभित्र अनिवार्य रूपमा सवारीसाधनको प्रवेश, टिकट काउण्टर, विदुर र बट्टारमा यात्रुलाई चढाउन र ओराल्न मात्र पाउने र त्यसको लागि बढीमा ५ मिनेट मात्र रोक्न पाइने नियम बनाइएको थियो ।
बसपार्क सञ्चालनको १ वर्षका लागि कम्तीमा ११ लाख आम्दानी हुनेगरी बोलपत्र
आह्वान गर्ने र ठेक्का प्रक्रिया पूरा नभए सम्मका लागि यातायात व्यवसायीले एकमुष्ट हुनआउने रकम नगरपालिकालाई बुझाउने सहमतिको भएको थियो ।
नगरपालिकाले सुरक्षा व्यवस्थापन, खानेपानी, शौचालय, आवास तथा कार्यालय सञ्चालन गृहलगायत भौतिक संरचनाको निर्माण पूरा भइसकेको नगरपालिकाको कार्यकारी अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिनु भयो ।
२०६८ सालमा निर्माण भए पनि २०७१ असार १ गतेदेखि सञ्चालनमा आएको बसपार्कमा सवारीसाधनले प्रयोग गरेबापत प्रतिदिन लामो दूरीका बसले ३०, माइक्रोबस र स्थानीय मार्गमा सञ्चालन हुने मिनीबसले २५ कर तिर्न‘पर्नेछ ।
स्थानीय ४३ जना जग्गाधनीले निःशुल्क रूपमा उपलब्ध गराएको ३५ रोपनी जग्गामा निर्माण गरिएको बसपार्क सञ्चालनले बजार क्षेत्रमा यातायात व्यवस्थापन प्रभावकारी, दुर्घटना न्यूनीकरण, सवारी साधनको व्यवस्थित सञ्चालन, यात्रु वर्गलाई टिकट खरिद लागयतका सविधा हुने विश्वास लिइएको छ ।

No comments:
Post a Comment