Wednesday, August 09, 2017

पहिरोबाट विस्थापितलाई अक्सफाम नुवाकोटको राहत

शान्तिबजार, पहिरोको कारण विस्थापित भएका रसुवाका नागरिकहरुलाई अक्सफाम नुवाकोटले विभिन्न सामाग्रीहरु सहयोग गरेको छ ।
    रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा न. ४ पैरेबेंसीमा आइतवार राती पहिरो जाँदा चार जनाको मृत्यु भएको थियो भने १५ घर परिवार विस्थापित भएका छन् । सोही पहिरोका कारण पैरेवेशी भन्दा माथी रहेको २० घर पनि विस्थापित भएका छन् । विस्थापितहरु अहिले त्रिशुली थ्रि ए जलविद्यत् आयोजनाको आवास केन्द्र शान्तिबजारमा बसिरहेका छन् ।
   
    अक्सफाम र सहायता सामाजिक संस्थाले संयुक्त रुपमा उक्त राहत सामाग्री उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साललाई हस्तान्तरण गरिएको सहायता सामाजिक संस्थाका कार्यक्रम ब्यवस्थाक बशुराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट विस्थापित भएर त्रिशुली थ्रि एको भवनमा बसिरहेका नागरिकहरुको अवस्था दयनिय रहेको छ । पहिरोका कारण घरबाट सामाग्रीहरु निकाल्न नसकेका र आफ्न्त पहिरोमा परेको शोकमा परेकोहरुलाई बसोवासमा समस्या देखिएको छ ।

पहिरोले कत्तिपयको घर ध्वस्त बनाएको छ भने कत्तिको घरबाट अन्नपात समेत निकाल्न सकिएको छैन । सकुसल रहेकाहरुलाई बसोवास सहजताका लागि अक्सफामले राहत सामाग्री प्रदान गरेको हो । हिजो विस्थापितहरुको बसोवास स्थलमै पुगेर अक्सफाम नुवाकोटका सहायक कार्यक्रम प्रवन्धक ब्रम्हदेव रामले सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । राहतमा प्रदान गरिएको सामाग्रीहरुमा त्रिपाल एक सय थान, भुईमा ओछउने म्याट एक सय, पानीको फिल्टर ५०, स्वास्थ्य सामाग्रीहरुको सेट ५०, घरायसी सामाग्रीहरुको सेट १०, अस्थायी शौचालयको सामाग्री ६ र २० एमएमको पानीको पाइप १५ सय मिटर रहेको छ ।

No comments:

Post a Comment