Monday, August 07, 2017

सचेतनको वार्षिकोत्सव

बिदुर÷सचेतन सामुदायिक सिकाई केन्द्रको ११ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    साधारण सभाले समाज सचेतन केन्द्र र सचेतन समुदायिक सिकाई केन्द्रले आफ्नो जन्मकाल देखी नै साझेदारीरुपमा सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएकोले सामुदायिक साझेदारी बहुउद्देश्यीय भवनको सम्पूर्ण लागत खर्च सार्वजनिक गरेको छ ।
    २०५६ मंसिर २७ गते देखी नागरिक स्तरमा एक हजार भन्दा माथीको रकम लगायत सरकारी स्तर बाट अनुदान रकम संकलन गरिएको थियो । २०७३ असार मसान्तसम्म भए गरेका कामको समिक्षा सहित हर हिसाव सार्वजनिक गरी आम्दानी खर्चको साधारण सभाले सर्वसम्मत अनुमोदन गरेको छ ।
    केन्द्रले ७ सय २० जना र सरकारी नियबाट ४६ लाख ९२ हजार चार सय ३५  सङ्कलन गरेको थियो । यस्तै कार्यक्रममा सचेतन सामुदायिक सिकाई केन्द्रका सामाजिक परिचालक बिना खातीले आर्थिक वर्ष २०७३÷०७४ को ३ लाख एक हजार आठ सय रुपैयाँको आर्थिाक आयव्यय र आगामी आर्थिाक वर्षको भावी योजना प्रस्तुत गर्नुभएको थियो ।
    आगामी दिनमा गरिने कार्यक्रमहरूमा निरन्तर शिक्षा ४ महिने, सिलाइ कटाई ५० जनालाई साधरण सभाले ३ महिने प्रजनन स्वास्थ्य तालिम, ३४ वटा समुह परिचालन, हितकोष सञ्चालन र पुस्तकालय व्यवस्थापन लगायत कार्यक्रम गर्ने प्रस्ताव पेस गरेकोे छ ।
    साधारण सभामा विदुर नगपालिका वडा नं ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले आफ्नो वडाको तर्पmबाट गर्न सकिने सहयोगका कार्यक्रमहरू साझेदारी रुपमा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै, अनौपचारिक शिक्षा केन्द्र सानोठिमि र जिल्ला शिक्षा कार्यालय नुवाकोटको सहयोगमा अभिमुखीकरण तालिम, पुस्तकालय सुदृढीकरण सुचना तथा सञ्चार प्रबिधी कक्ष विकास संस्कृति विकास प्रतियोगात्मक व्रिmयाकलाप र प्रकाशन एवँ परम्परागत घरेलु उपचार पद्दती सामग्री विकास र प्रकाशन साझेदारी रुपमा गरिने कोषाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिनु भयो ।
    सचेतन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पशुपती कोइरालाको सभापतितवमा भएको कार्यक्रममा केन्द्रको संस्थापक अध्यक्ष यमकुमार खाती, समाजसेबी रामहरीप्रसाद रिमाल बाजे, सस्थापक सदस्य हिकमतबहादुर अधिकारी लगायतले मन्तव्य राख्नुभयो ।

No comments:

Post a Comment