नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्य समिति नुवाकोटको संयोजक परिर्वतन भएको छ । जिल्ला परिषद् बैठकले तुप्चेका डा. भिमलाल तामाङलाई नुवाकोटको संयोजक तोकेको छ । पुर्व संयोजक कृष्ण कुईकेल केन्द्रिय समितिमा रहेर काम गर्ने भएपछि तामाङलाई जिल्ला संयोजक चयन गरिएको बताइएको छ ।
सह संयोजक देखि जिल्ला परिषद् सदस्यहरु भने सबै पुरानै रहेका छन् । नयाँ शक्ति नुवाकोटको उप संयोजकमा धर्मबहादुर गुरुङ्ग रहेका छन् ।
जिल्ला परिषद् बैठकले आउँदो संघिय र प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउनेहरुको नामको विषयमा पनि छलफल गरेको छ । पुर्व जिल्ल संयोजक कृष्ण कुईकेल, जिल्ला संयोजक डा. भिमलाल तामाङ, केन्द्रिय परिषद् सदस्य निमा ह्याल्मो शेर्पा, नवराज ढुङ्गाना ‘विज्ञान’ बेल्कोटगढीका अर्का नवराज ढुङ्गाना, सह संयोजक धर्मबहादुर गुरुङ्ग, भगवान रानामगर, ईश्वर राउत, प्रल्हाद भुजेल, केशव पुडासैनी, लक्ष्मण पौडेलको नाम चर्चामा आएको छ ।
बैठकमा नयाँ शक्ति नेपाल ३ नं. प्रदेश संयोजक सोनामसिंह स्याङ्गताङ्गको उपस्थिति रहेको थियो । साथै बैठकले विभिन्न उप समितिहरु गठन गरेको बताइएको छ । जिल्ला कार्यालय व्यवस्थापन तथा अनुगमन विभागको संयोजकमा केशव पुडासैनी, राष्ट्रिय मामिलिा विभागको संयोजकमा भगवान रानामगर, उत्पादन विभागको संयोजकमा लक्ष्मण पौडेल, राजनीतिक परिचालक विभागको संयोजकमा प्रल्हाद भुजेल, साँस्कृतिक विभागको संयोजकमा श्रीकृष्ण थापालाई चयन गरेको छ ।
त्यस्तै, भदौ ३० गते कार्यकारी प्रमुख राष्ट्रपति, पुर्णसमानुपातीक निर्वाचन प्रणाली र विदेशमा रहेकोले पनि मतदान गर्नपाउनु पर्ने माग राख्दै नयाँ शक्तिले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा धर्ना दिने कार्यक्रम तय भएको छ ।
यसै बीच, नयाँ शक्ति पार्टी नेपालले नुवाकोटको मेघाङ्ग गाउँपालिकामा पहिलो सम्मेलन गरेर कार्य समिति गठन गरेको छ ।
नयाँ शक्ति नुवाकोटका अनुसार मानसिंग तामाङको अध्यक्षतामा २१ सदस्यिय मेघाङ्ग कार्य समिति गठन भएको हो । नयाँ शक्तिले दसैं पछि जिल्ला सम्मेलन गर्ने र त्यस अघि जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा सम्मेलन गरेर नयाँ कार्य समिति गठन गर्ने बताइएको छ ।
नयाँ शक्तिमा रहेका केही नेताहरु नेकपा माओवादीमा गएसंगै नयाँ शक्ति नुवाकोटले पार्टी सुदृढिकरण तथा मजवुतीका लागी अभियान थालेको छ । नयाँ शक्तिमा रहेर काम गरिसकेको पुर्व संयोजक राजकुमार रेग्मी सन्देश, संघिय परिषद् सदस्यहरु सुवास तामाङ र गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’लाई अहिलेसम्म नयाँ शक्तिमा गर्नुभएको योगदानको पार्टीले सम्झना र कदर गरेको छ । उहाँहरु अहिले नयाँ शक्ति ध्रुविकरण अभियानमा सक्रिय भई माओवादी प्रवेशको संघारमा हुनुहुन्छ ।
नागरिकहरु तहबाट बढी अपेक्षा गरिएको नयाँ शक्तिले गएको स्थानीय तह निर्वाचनमा जिल्लै भरीमा जम्मा २२ सय मात्र मत प्राप्त गरेको छ । अहिले कुल खसेको मतको कम्तिमा तीन प्रतिशत मत ल्याउने गर्ने थ्रेसहोल्डका कारण नुवाकोटबाट कम्तिमा पनि ९ हजार मत नयाँ शक्तिले लिनुपर्ने अनुमान गरिएको छ ।

No comments:
Post a Comment