नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुननरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका ‘हेबीवेट’ नेताहरुले मात्रै हारेका छैनन्, लामो समयदेखि रहँदै आएको ‘परिवारवाद’ को राजनीति समेत ढलेको छ ।
नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेस नेता डा.रामशरण महतलाई करीव ९ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले २७ हजार ९२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०५१ सालदेखि लगातार सबै चुनाव जित्दै आएका डा.महतको बिजय यात्रालाई हितबहादुरले यो पाली रोकिदिएका छन् ।
यसअघि २०६४ र २०७० मा महतसँग हितबहादुर पराजित भएका थिए । यो पालीको तेस्रो प्रयासमा तामाङले महतलाई जितेका हुन् ।
नुवाकोटमा चुनाव लड्ने ठाउँ नपाएर काठमाडौं ५ मा उठेका डा. प्रकाशशरण महत पनि हारेका छन् । एमाले महासचिव ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्न गएका डा. रामशरण महतका भाइ प्रकाशशरण महत पनि पराजित भएका हुन् ।
त्यस्तै कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीलाई एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गरेका छन् । नारायण खतिवडा ३६ हजार ८९२ मत पाएर बिजयी हुँदा अर्जुन नरसिंह २६ हजार ३३५ मा रोकिए । नुवाकोटमा महत र केसी परिवारको लामो समयदेखिको प्रभाव यसपटक वामपन्थी गठबन्धनले ध्वस्त बनाइदिएको छ । प्रदेशसभामा पनि महतका भतिजा रमेश महत र केसीका भाइ जगदीश्वरनरसिंह केसी भारी मतले पराजित भएका छन् ।
नुवाकोट १ को प्रदेशसभा क मा माओवादी केन्द्रकी राधिका तामाङ १८ हजार १३७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेका छन् । प्रदेशसभा ख मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेसका रमेश महतलाई ८ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले १२ हजार २१७ मत प्राप्त गरे । रमेश डा. रामशरणका भतिजा हुन् ।

प्रदेशसभा खबाट माओवादीका हिरानाथ खतिवडा १७ हजार ६२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जगत तामाङले १४ हजार ३ मत पाएका छन् । तामाङ काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङको विश्वासपात्र हुन् ।
२१ गते साँझ साातबजेबाट सुरु भएको मत गणनाको नतिजा आइतवार विहान मात्रै आएको हो । विहान सात बजे क्षेत्र नं. २ को नजिता सार्वजनिक भएको थियो भने क्षेत्र नं. १ को १० बजे मात्रै सार्वजनिक भएको थियो । नुवाकोटमा पहिलो पटक सकै क्षेत्रमा कम्युष्टिले जितेको छ । यो खुसीयाली मनाउन धादिङ्गमा निर्वाचित एमालेका नेता राजेन्द्र पाण्डे विहानै विदुर आउनुभएको थियो ।
एमाले माओवादकिो संयुक्त ¥यालीले नुवाकोटको मुख्य केन्द्र र बजार परिक्रममा गरेको छ ।
No comments:
Post a Comment