सुजित भण्डारी
विदुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्माले भुकम्प पछीको पुनःनिर्माणलाई तिब्रता दिएको बताउनु भएको छ ।
कार्यकारी समितिले अनुदान सम्झौता भएको मितिको आधारमा भुकम्प प्रभाबित नागरिकहरुले निजि आबास निर्माणको समय तोकिएको उहाmँे बताउनु भयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिबालय नुवाकोटले आज सरोकारवाला निकायहरुसँग विदुरमा गरेको अन्तक्रियामा कार्यकारी सदस्य शर्माले भुमिहिनको समस्यालाई सम्बोधन गर्ने गरी काम थालिएको बताउनुभयो ।
सरकारी, सार्बजानिक र बन क्षेत्र बाहेकका जग्गाहरु लामो समय देखि बसोबास गर्दै आएको खण्डमा जग्गा प्राप्ति अन्तर्गत दर्ता प्रकृया सुरु भएको उहाँले बताउनुभएको छ ।
यस्तै, सडक सञ्जालको बिस्तारका कारण बिस्थापीत हुने बस्तिलाई पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिममा रहेका बस्ति अन्र्तगत नै समेटेर सम्वोधन गरिने भएको छ । जाखिममा रहेका परिवार र अन्य कारणबाट जग्गा नभएका तर राज्यले तय गरेको मापदण्ड अनुसार जग्गा प्राप्त भएको तीन महिना भित्र भुकम्प प्रभाबित नागरिकले निजि आबास निर्माण प्रकृया सुरु गरि सक्नु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्माले बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले अब निर्माण हुने संरचनाहरुमा स्थानिय श्रोत तथा साधनहरु प्रयोग गर्नको लागी अभिप्रेरित हुनुपर्ने बताउनुभएको छ । नुवाकोटमा समुन्द्री सतहबाट १२ सय देखि १४ सय मिटरसम्मको उचाईमा बनेका घरहरु बढी क्षति भएको र त्यस्ता बस्तिको पुनःनिर्माण हुँदा मौलिकतामा ध्यान दिनु पर्ने उहाँको भनाई रहेको छ ।
लाभग्राहीको सूचीमा छुट भएकाहरुको सम्बोधन गर्न फेरि थालीएको सर्भेक्षणमा जनशक्ति अभाब भएको बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो । सर्भेक्षणको लागी बिभिन्न वडामा खटिएता पनि प्राबिधिकहरुले ल्याएको प्रतिबेदन अनुसार सबै छुट भएकाहरुको घरघरमा पुग्न नसकेको प्रमुख पण्डितले बताउनुभएको छ ।
नुवाकोटमा लाभग्राहिहरुको सूचीमा समेटिन नसकेका भुकम्प प्रभाबित नागरिकहरु अझै थुप्रै रहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो । साथै बिदुर नगरपालिका भित्र रहेका त्रिशुली जलबिद्यूत केन्द्र र देबिघाट जलबिद्यूत केन्द्रको जग्गामा बसोबास गरिरहेकाहरुलाई पनि भुमिहिन जस्तै सुविधा दिनुपर्ने माग उहाँको रहेको छ ।
जिल्ला समन्वय समिति नुवाकोटका स्थानिय बिकास अधिकारी केशरबहादुर पण्डितले भुकम्प पछीको पुनःनिर्माणमा रहेका गैर सरकारी संस्थाहरु समुदायको कुनै निश्चित क्षेत्र र घरधुरीमा मात्रै केन्द्रित रहेकाले अर्को समुदायमा नकारात्म असर परेको बताउनुभयो ।
बिदुर नगरपालीकाका उपप्रमुख गिता दाहालले नुवाकोटमा सडक मापदण्ड अस्पष्ट भएकोले पुनःनिर्माणमा ढिलाई भएको बताउनु भएको छ । सडक सञ्जाल बिस्तारका कारण सडकको उचित मापदण्डको बिषयमा नागरिकहरुले जानकारी नपाउदा पुनःनिर्माणमा समस्या भएको उहाँले बताउनुभयो । साथै भुकम्प लगत्तै प्राबिधिक उपलब्ध नभएको र नागरिकहरुलेअ ाफ्नो तरिकाले निर्माण सम्पन्न गरिसकेको घरको प्राबिधिक पास अब हुनुपनर्जे र त्यसमा अनावश्यक दुख दिन नहुने गिता दाहालले बताउनुभएको छ । भुकम्पका कारण क्षति भएर पनि पुनःनिर्माण लाभग्राहिको सूचीमा नाम समाबेस नभएकाहरुलाई वडा स्तरबाट नै गुनासो सम्बोधन हुने प्रकृया रहे पनि सूचना प्रबाह नँहुदा नागरिकले दुख पाई रहेको कार्यक्रममा टिप्पणी गरिएको छ । कार्यक्रममा भुकम्प पिडित, सुकुम्वासीहरुले पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्मा समक्ष आफ्नो गुनासो र माग प्रस्तुत गरेका थिए ।