Thursday, September 06, 2018

प्रधानमन्त्रीलाई नुवाकोटका पत्रकारको ज्ञापन पत्र

ज्ञापनपत्र पढेर सुनाउदै पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनाल
विदुर । नुवाकोटका पत्रकारहरुले प्रधानमन्त्रीलाई नयाँ कानून संसोधनको माग गर्दै बुधवार ज्ञापनपत्र बुझाएका छन् । जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फन् नेपाल पत्रकार महासंघले कानून संसोधनको लागि ज्ञापन पत्र बुझाएको हो ।
भदौं १ गतेबाट लागु भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरु संसोधनलाई पत्रकारले जोड दिएका हुन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन ज्ञापनपत्र बुझाएको नेपाल पत्रकरा महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले बताए ।
मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधानहरुलाई हेर्दा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीकै आधारमा संचारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था रहेको ज्ञापन पत्र बुझाउन सहभागि भएका पत्रकारहरुले बताएका छन् । ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन÷प्रसारण गर्न बाधा हुनसक्ने अध्यक्ष खनालले बताए ।
सञ्चारमाध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउने कानून अहिले आएको छ । लेखेर हुने गल्तीलाई देवानी कसुरमा राख्नुपर्ने माग नुवाकोटका पत्रकारहरुको रहेको छ । मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का केही प्रावधानहरु जटिल र प्रेस स्वतन्त्रता विरोधी भएको ती प्रावधानहरुमा तत्काल संशोधन गरी संविधानको प्रस्तावनामा नै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेण्टी गर्न महासंघ नेपाल सरकारसँग जोडदार माग गरेको नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनालले बताए ।
पत्रकारहरुको ज्ञापन पत्र बुझ्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले ति मागहरु प्रधानमन्त्री समक्ष तत्कालै पु¥याइने बताएका छन् । उनले पत्रकारहरुलाई स्वतन्त्रतापूवर्क लेख्नका लागि आफु र प्रहरी प्रमुखले रचनात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । समाचार लेखेकै आधारमा पत्रकारालाई अभियोग नलगाउने र प्रेसमैत्री वातावरणको लागि आफुहरु सचेत रहने प्रतिवद्धता प्रमुख जिल्ला अधिकारी थापाको रहेको छ ।   
कानून संसोधनको माग सहितको ज्ञापन पत्र लिएर नुवाकोटका पत्रकार महासंघका पदाधिकारी, विधिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरु पुगेका थिए । उनीहरुले कानूनको साथमा ब्यवहारिक पक्षलाई पनि हेर्न र भदौ १ गते भन्दा अघिको जस्तै अवस्था र वातावरणमा काम गर्न पाउने गर्ने माग गरेका छन् ।
   

No comments:

Post a Comment