Saturday, September 08, 2018

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सात जना

नुवाकोट, गोर्खाबाट काठमाडौं फर्र्किदा सम्पर्क विहिन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भेटिएको छ । त्यसमा सात जना छन् ।
नुवाकोटको म्यागाङ गाउँपालिकाको नकुरडाँडामा हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । यो धादिङ्गसित सिमा जोडिएको ठाउँ हो ।
दुर्घटनाग्रस्त भएको भनिएको अल्टिच्युड एयरको हेलिकप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु रहेको सामागाउँ प्रहरी चौकी गोरखाले पुष्टि गरेको छ । मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कँदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको जानकारी प्राप्त भएको छ । उनीहरुको अवस्थाको बारेमा भने कुनै खबर आउको छैन ।
गोरखाको सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उक्त हेलिकोप्टर उडेको थियो ।
हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी र छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । हेलिकप्टरमा रहेका सबै यात्रुको अवस्थाका बारेमा जानकारी आएको छैन । घटनास्थलमा डिएसपीको कमाण्डमा नुवाकोटबाट प्रहरी परिचालन भएको छ ।
दुर्घटना स्थलमा अहिले भिषण पानी परिरहेको स्थानीयहरुले बताएका छन् । अघि विहान गोर्खाको सानागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किदै गर्दा हेलिकोप्टर सम्पर्क विहिन भएको थियो । गोर्खाको चुमनुब्री गाउँपालिकाको सानागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।
म्यागाङ्ग गाउँका स्थानीयहरुले ठूलो आवाजमा हेलिकोप्टर खसेको सुनेका थिए । जंगलतिर झरेको अनुमान गरिएको हेलिकोप्टरलाई स्थानीयहरुले भने अहिले देखेका छैनन् । ठोक्किएर उक्त हेलिकोप्टर धादिङ्ग र नुवाकोटको सिमास्थलकै जंगलमा झरेको अनुमान छ ।


No comments:

Post a Comment