Saturday, September 08, 2018

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सात जना

नुवाकोट, गोर्खाबाट काठमाडौं फर्र्किदा सम्पर्क विहिन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भेटिएको छ । त्यसमा सात जना छन् ।
नुवाकोटको म्यागाङ गाउँपालिकाको नकुरडाँडामा हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । यो धादिङ्गसित सिमा जोडिएको ठाउँ हो ।
दुर्घटनाग्रस्त भएको भनिएको अल्टिच्युड एयरको हेलिकप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु रहेको सामागाउँ प्रहरी चौकी गोरखाले पुष्टि गरेको छ । मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कँदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको जानकारी प्राप्त भएको छ । उनीहरुको अवस्थाको बारेमा भने कुनै खबर आउको छैन ।
गोरखाको सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उक्त हेलिकोप्टर उडेको थियो ।
हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी र छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । हेलिकप्टरमा रहेका सबै यात्रुको अवस्थाका बारेमा जानकारी आएको छैन । घटनास्थलमा डिएसपीको कमाण्डमा नुवाकोटबाट प्रहरी परिचालन भएको छ ।
दुर्घटना स्थलमा अहिले भिषण पानी परिरहेको स्थानीयहरुले बताएका छन् । अघि विहान गोर्खाको सानागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किदै गर्दा हेलिकोप्टर सम्पर्क विहिन भएको थियो । गोर्खाको चुमनुब्री गाउँपालिकाको सानागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।
म्यागाङ्ग गाउँका स्थानीयहरुले ठूलो आवाजमा हेलिकोप्टर खसेको सुनेका थिए । जंगलतिर झरेको अनुमान गरिएको हेलिकोप्टरलाई स्थानीयहरुले भने अहिले देखेका छैनन् । ठोक्किएर उक्त हेलिकोप्टर धादिङ्ग र नुवाकोटको सिमास्थलकै जंगलमा झरेको अनुमान छ ।


Thursday, September 06, 2018

प्रधानमन्त्रीलाई नुवाकोटका पत्रकारको ज्ञापन पत्र

ज्ञापनपत्र पढेर सुनाउदै पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनाल
विदुर । नुवाकोटका पत्रकारहरुले प्रधानमन्त्रीलाई नयाँ कानून संसोधनको माग गर्दै बुधवार ज्ञापनपत्र बुझाएका छन् । जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फन् नेपाल पत्रकार महासंघले कानून संसोधनको लागि ज्ञापन पत्र बुझाएको हो ।
भदौं १ गतेबाट लागु भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरु संसोधनलाई पत्रकारले जोड दिएका हुन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन ज्ञापनपत्र बुझाएको नेपाल पत्रकरा महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले बताए ।
मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधानहरुलाई हेर्दा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीकै आधारमा संचारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था रहेको ज्ञापन पत्र बुझाउन सहभागि भएका पत्रकारहरुले बताएका छन् । ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन÷प्रसारण गर्न बाधा हुनसक्ने अध्यक्ष खनालले बताए ।
सञ्चारमाध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउने कानून अहिले आएको छ । लेखेर हुने गल्तीलाई देवानी कसुरमा राख्नुपर्ने माग नुवाकोटका पत्रकारहरुको रहेको छ । मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का केही प्रावधानहरु जटिल र प्रेस स्वतन्त्रता विरोधी भएको ती प्रावधानहरुमा तत्काल संशोधन गरी संविधानको प्रस्तावनामा नै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेण्टी गर्न महासंघ नेपाल सरकारसँग जोडदार माग गरेको नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनालले बताए ।
पत्रकारहरुको ज्ञापन पत्र बुझ्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले ति मागहरु प्रधानमन्त्री समक्ष तत्कालै पु¥याइने बताएका छन् । उनले पत्रकारहरुलाई स्वतन्त्रतापूवर्क लेख्नका लागि आफु र प्रहरी प्रमुखले रचनात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । समाचार लेखेकै आधारमा पत्रकारालाई अभियोग नलगाउने र प्रेसमैत्री वातावरणको लागि आफुहरु सचेत रहने प्रतिवद्धता प्रमुख जिल्ला अधिकारी थापाको रहेको छ ।   
कानून संसोधनको माग सहितको ज्ञापन पत्र लिएर नुवाकोटका पत्रकार महासंघका पदाधिकारी, विधिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरु पुगेका थिए । उनीहरुले कानूनको साथमा ब्यवहारिक पक्षलाई पनि हेर्न र भदौ १ गते भन्दा अघिको जस्तै अवस्था र वातावरणमा काम गर्न पाउने गर्ने माग गरेका छन् ।
   

नगरकोटी महासचिव चयन

विदुर÷नुवाकोटका सलिना नगरकोटी नेपाल युवा परिषद्को महासचिव पदमा निर्वाचित भएकी छिन् । आइतवार काठमाडौंमा भएको देशै भरीको युवाहरूको सातौं भेलाले नयाँ कार्य समिति चयन गरेको हो ।
    युवाको क्षेत्रका काम गर्नका लागि स्थापना भएको परिषद्को नेतृत्वमा देशै भरीबाट प्रतिस्पर्धा हुने गरेको छ ।
    विदुर नगरपालिका वडा नं. २ नुवाकोट साततले दरवार क्षेत्रका नगरकोटी महासचिव पदमा सर्वसम्मत भएकी हुन् । उनी चार वर्ष अघि टोल जागरण अभियानबाट नेपाल युवा परिषदसंग जोडिएकी थिइन् ।

पिताजीको अन्तिम श्वाससम्म

दिनेश आचार्य
एकाबिहानै अर्जुननरसिंह केसीको मोबाइलबाट लगातार घन्टी बजिरह्यो । पटक–पटक बज्यो तर मैले रिसिभ गरिनँ । केहीक्षणपछि डा. केदारनरसिंहको नम्बरबाट आयो । दोस्रोपटकमा मैले उठाउनासाथ उनले भने, ‘अर्जुनदाइहरू हस्पिटल आउनुभएको छ, देख्नुभएन रे, फोन रिसिभ गर न ।’ त्यसपछि फेरि त्यही नम्बरबाट आयो, केसी दाजुभाइसहितको टोलीसँग भटे भयो । पिताजीको अपसे्र न भएको दोस्रो दिनको कुरा हो यो । पास्े ट अपसे्र न वाडर्म ा अजर्नु नरसिहं र जगदीश्वरनरसिंहले पिताजीसँग भेट्नुभयो । केहीपछि जगदीश्वनरसिंहले मोबाइलबाट फोटो खिच्न लाग्नुभयो । सायद फेसबुकमा पोस्ट गर्न । तारैतारको जञ्जालले बेरिएको शरीर फेसबुकमा प्रदर्शन नहोस् भन्ने मेरो पनि चाहना थियो ।
भाेिल पल्ट बिहान ै धवु्र अधिकारी र कष्ृण कुइँकेल पुगेर भेट्नुभएछ । सोध्नुभयो, ‘कसरी थाहा पाएर आए ?’ मलाई पनि थाहा थिएन । पिताजीको आग्रह थियो, बिरामी भएको कुरा कसैलाई नभन्नु । बिरामी अवस्थामा लोकाचारका लागि सहानुभूति देखाउनेहरूसँग भेटेर केही हुन्न । पटकपटक भेट्न आउनुभएका प्रमोद रिमालसँग पिताजीले भन्नुभयो, ‘कोही नेताहरूलाई बिरामीको कुरा नभन्नुहोला ।’ फेसबुक, मिडिया आदिमा उहाँले अस्पताल भर्ना भएको कुरा आउन दिनुभएन । ठूला नेताहरूसँग त झनै लुकाउन भन्नुभो । सायद उहाँसँग आफूले जीवन अर्पेको पार्टी र सहयोग गरेको नेताहरूप्रति रोष थियो । आफ्नो बिरामी शरीरलाई खोक्रो सहानुभूति दिने नाउँमा नेताहरूको उपस्थिति पनि मन परिरहेको थिएन ।
सम्भवतः पिताजीको अस्पताल बसाइभर मैले कसैको फोन रिसिभ गरिनँ । भेट्न आउनेहरूले सोध्ने रोग र उपचारविधिको सल्लाहदेखि पनि वाक्क हुनुभयो । सायदै सुन्नुभयो । बिरामीबारे थाहा भएको दिनदेखि उहाँको मोबाइल अहिलेसम्म बन्दको बन्द नै रह्यो । अस्पतालबाट फर्केको केही दिनमा मलाई गोविन्दराज जोशीको फोन आयो । पिताजीको मोबाइल लामो समयदेखि अफ भएको र बल्लबल्ल मेरो नम्बर पत्ता लगाएको भन्दै उहाँ साथीहरूसहित भेट्न आउने बताउनुभयो । भोलि फोन गर्न भनेँ । पिताजी खासै उत्साहित हुनुहुन्थेन । त्यसपछिका दिनमा जोशीको दर्जनाँै फोन कल मैले कहिल्यै रिसिभ गरिनँ । तर, जतिबेला हामी उपचारका लागि भारत जाने तयारीमा थियौँ । त्यतिबेला उहाँले जोशीलाई सम्झनुभयो । उहाँसँग उपचारबारे सल्लाह गनर्पु र्न े बताउनभु या े । कबे ी गरुु ङ र विनयध्वज चन्दसँग भेट्नुपर्ने कुरा गनर्भु या े । तर, दिल्लीका े याजे ना थातँ ी रहेसँगै भेट्ने कुरा पनि पछि स¥यो । जुनकहिल्यै पूरा भएन ।
० ० ०
सफल शल्यक्रियापछि वीर अस्पतालमा रिफर गरियो । डा. अम्बुज कर्णको नाममा रिफर भएकाले हामीले पनि भर ग¥यौँ । उनी यति तीतो स्वभावका थिए, तर प्रस्टवक्ता । यसबीचमा मैले भारतको एम्स, पान्डुचेरी मेडिकल कलेज र राजीव गान्धी क्यान्सर इन्स्टिच्युटदेखि माल्दिभ्सको अस्पतालसम्म मेडिकल रिपोर्ट पठाएँ । सबैको भनाइ थियो, ‘रोग पत्ता लगाउन र अप्रेसन गर्न राम्रो अस्पतालमा जाने हो । दुवै कुरा सकिसक्यो, अब रेडियोलोजीको उपचार जहाँ गरे पनि उस्तै हो ।’ पान्डुचेरीस्थित मेडिकल कलेजमा कार्यरत एक चिकित्सक मित्रले रिपोर्ट हेरेपछि भनेका थिए, ‘धेरै समय बाँकी छैन, घरमै राखेर नेपालमै उपचार गर्दा हुन्छ ।’ धेरै साथीहरूको सल्लाह पिताजीको उपचार भारतमा गरौँ भन्ने थियो । रामराजा उपते्र ी, अजय श्रष्े ठ, शिव चित्रकार, कशेव खड्कालगायतले पटकपटक यही कुरा भने । तर, अल्का अस्पतालका डा. विशेष पौडेलसँग सल्लाह लिएपछि उनले डा. उपेन्द्र देवकोटालाई जस्तै रोग लागेको बताउँदै यसले ६–७ महिना मात्र पनि हुन
सक्ने सम्भावना देखाए । जब यसबारे मैले डा. कर्णलाई सोधेँ, रिसाउँदै ‘संसारको कुनै पनि डाक्टरले बिरामीको आयु बताउन नसक्ने’ जिकिर गरे । उनले भने, ‘कतिसम्म भने बिरामीको आयु थाहा पाउने भए रत्नपार्कको सडकमा बसेका ज्योतिषलाई गएर सोध्नु ।’ एउटा विशेषज्ञ डाक्टरको यो जवाफले उनको स्वभावसँग घृणा लाग्यो । तर, उनको मुखमा
एक मुक्का बजारेर हिँड्ने सक्थेँ तर अवस्था त्यो थिएन, निरीह भएर सहेरै बसेँ । उनका सहयोगी डा. गिरेन प्रसाईंलाई पनि त्यो शब्द पचेको थिएन, उनी भने मुस्कानका साथ मलाई सल्लाह दिइरहेकी थिइन् । सो घटनापछि मैले तुरुन्तै राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा अनलाइन सम्पर्क गरेँ । वरिष्ठ रेडिएसन अङ्कोलोजिस्ट डा. स्वरूपा मित्रासँग २ दिनपछिको एपोइन्टमेन्ट लिएँ । बिरामी कोटामा आरएको टिकट लिएँ । अन्ततः डा. कर्णले पिताजीसँग राम्रो कुरा गरे । उनले उपचार विधि र रोगको किसिमहरूबारे सविस्तार
भने । त्यसपछि पिताजीले दिल्ली जाने याजे ना सानर्भु या े । ‘त्या े डाक्टर छच्ु चा े छ, तर कन्फिडेन्सजस्तो लाग्यो । आफूले गरेको उपचारमा कन्फिडेन्स रै’छ, चार हप्ताको उपचार सकेपछि जाउँला ।’ पिताजीलाई खान मन नलाग्ने अनि दिल्लीको गर्मी र बाढीले डुबान परेको समाचारले पनि उहाँ अनिच्छुक हुनुहुन्थ्यो ।
० ० ०
पिताजीका े अपसे्र न मिति तय थिया े । डा. बादल कार्कीले ‘यो गम्भीर खालको अपसे्र न भए पनि हामील े गरिरहके ा े जस्तै हो’ भनेपछि पिताजीको मुहारमा अलिकति डरको आभा महसुस गर्दै थिएँ । औषधि व्यवस्थापनका े काममा व्यस्त हदँु ा पिताजी हरबखत मलाई खोजिरहेका हुन्थे, तर मलाई थाहा हुन्थेन । सायद त्यो उहाँभित्रको डरले मेरो साथ खोजेको रहेछ । त्रिवि शिक्षण अस्पतालमा बिहान ै अपसे्र न थिएटरमा लजै ाने भनिएको थियो, त्यसका लागि हामी तयार थियौँ, जानुअघि पिताजी मसँग बिताउन चाहन्थे । म भने अलिक व्यस्तता देखाउँदै परपर थिएँ । हामी दुवैजनाले एक–अर्काको भाव र मनोदशा बुझेका थियौँ । पिताजी मेरो अनुहारमा चिन्ताको भाव पढेर आफ्नो रोगको गम्भीरता बुझ्न चाहनुहुन्थ्यो भने मचाहिँ उहाँसँग आँखा नजुधाईकन त्यो अप्ठ्यारो टार्न चाहन्थेँ । थिएटरमा लैजान केही ढिलाइ भयो । पिताजी अस्पतालको क्याबिनमै मेरो उपस्थिति चाहने । उहाँको साइकोलोजी बुझेसँगै म बेडमा सिरानीपट्टि गएर बसेँ । ता कि आँखा जुधाउन नपरोस् । केहीबेरमा सेल्फी पनि खिचेँ । मामा भन्दै हुनुहुन्थ्यो, ‘फेसबुकमा चाहिँ नहाल्नु है ।’ अपसे्र नका े तरिका र समयबार े कहे ी बताएसगँ ै हामीले उहाँलाई थिएटरमा छाडेर आयौँ । करिब ७ घन्टाका े अपसे्र नपछि उहालँ ाई बाहिर निकालियो । अप्रेसनलगत्तै आईसीयूमा राख्नुपर्ने भनिए पनि त्यो परेन, शल्यक्रिया सहज र सफल भयो । अपसे्र नका े अघिल्ला े रात उहालाँई  रातभर सपनामा छल्न आएको रहेछ । विभिन्न किसिमका भतू ÷पते्र ल े तसार्ए को रहेछ । नजिकै सुतेको मलाई पनि त्यस्तै तर्साएको थियो । हुन त अस्पतालको बसाइमा यस्तो धेरै हुने रहेछ । मनभित्रको भय, दिनह ुँ देि खन े शव र अघिल्ला े दिन सद्धेझैँ देखिएको बिरामीको मृत्युको खबर । यस्तै मनस्थितिले पनि हुन सक्छ, पिताजीलाई पटकपटक निद्रामा तर्साएको अनुभव पनि घर फर्केपछि मात्रै थाहा पायौँ । रातभरि सपनामा तर्साएपछि बिहानै उठेर पिताजी अस्पताल परिसरमै रहेको महादेव मन्दिर जानुभएछ र आशीर्वाद माग्नुभएछ । सायद मृत्युको भयमा मुक्ति पाउने अन्तिम सहारा भगवान्बाहेक अरू कोही हुनै सक्दैन । भगवान्बारे थाहा नपाएकाहरू आमा खोज्छन्, आमा नहुनेहरू भगवान् रोज्छन् ।
० ० ०
जेठ दोस्रो साताको एक बिहान ममीले भन्नुभयो, ‘बुबालाई जन्डिस भा‘को औषधिले पनि घटेन रे, अर्को डाक्टर देखाउने हो कि ?’ अनि मात्र मलाई थाहा भयो, पिताजीले जन्डिसको औषधि खान थाल्नुभएको १२ दिन भइसकेको रहेछ । त्यसैबखत मैले सम्झिएँ, डा. सुधांशु केसी । कलेजो रोगका बिशेषज्ञ उनीसँग ट्विटरमार्फत चिनजान थियो । कान्तिपुरमा उनले लेखेको जन्डिससम्बन्धी आर्टिकल पढेको थिएँ । जहाँ उनले जन्डिसको उपचार गर्ने नाममा खुलेका ठगीधन्दा र मखु (खाना) बानर्पु र्न े कथित पे्रि स्क्रप्सनको धज्जी उडाएका थिए । उनी न्याम्स (वीर अस्पताल)मा पढाउँथे । तर, त्यहाँ सोध्दा उनी प्राध्यापक मात्र भएको र प्राक्टिस नगर्ने थाहा भो । इन्टरनेटमा सर्च गर्दा नेपाल लिभर सेन्टर नामक उनको क्लिनिक बबरमहलमा भेटियो । दुई दिन बिदामा रहेका उनीसँग पर्सिपल्ट भेट्दा जन्डिसको औषधि खाएको र मुख बारेकोमा लेक्चर पाइयो । औषधि रोकेर उनले सबै टेस्ट गराए । रगत, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, बायोप्सी, सिटीस्क्यान र एमआरआई । सिटीस्क्यानका लागि सुरैया डाइग्नोसिसमा पठाउनुअघि उनले पित्तथैलीबाट पित्त बग्दै सानो आन्द्रा पुग्ने नली टालिएको निक्र्योल गर्दै भनेथे, ‘पत्थरी वा ट्युमर हो । तपाईंलाई भगवान्ले साथ दिए भने पत्थरी देखिन्छ । यदि ट्युमर देखियो भने क्यान्सर भइसकेको हुन सक्छ ।’ त्यसपछिको दिन हाम्रा लागि तनावको समय थियो । सायद पिताजी निदाउनुभएन । सिटीस्क्यानमा प्रस्ट देखिएन र डाक्टरले एमआरआई मागे । दुई दिन लगाएर रिपोर्ट आउँदा त्यही देखियो, जुन हामी नहोस् भन्ने चाहन्थ्यौँ । रिपोर्ट लिएर डा. केसीकहाँ पुग्नासाथ उनले भने, ‘ट्युमर हो । क्यान्सर भइसकेको छ, तरुु न्त अपसे्र न गनर्सु ’् भन्द ै डा. पलस्े वाँ जोशी र रमेशसिंह भण्डारीको नाम दिए । डा. जोशी विदेशमा थिए र डा. भण्डारीसँग टिचिङमा भेट पाउनु आकाशको फलसरह थियो । अन्ततः गुगल सर्च गर्दा उनी महाराजगन्जको चिरायु अस्पतालको लिस्टमा भेटिए । लिभर सेन्टरबाट टिचिङ हुँदै चिरायु अस्पताल पुगेका हामीलाई सर्जन डा. रमेशसिंह भण्डारीले तुरुन्तै रेस्पोन्स गरे । राप्ती उपक्षेत्रीय अस्पतालका
प्रमुख जनार्दन पन्थीको नाम लिएसँगै उनले चिरायुमा महँगो पर्ने हुनाले ‘जहाँ गरे पनि मैले नै गर्ने हो’ भन्दै त्यही दिन टिचिङ अस्पताल लगेर भर्ना गराइदिए । उनकै सहयोगमा रोग पत्ता लागेको र तुरुन्त अपसे्र न गनर्पु र्छ  भनके ा े चाथै ा े दिनमा नै हामील े सफल अपसे्र न ग¥या ँै ।
० ० ०
सबै कुरा राम्रो थियो । थाहा हुना साथै, गर्न सकिने सबै उपचार चालू थियो । तैपनि पिताजी अचानक बित्नुभयो । यसबारे फेरि कतै लेख्नेछु । तर, पिताजीको २ वटा इच्छा परू ा भएन । काङग् से्र र नपे ालको राजनीतिबारे आफ्नो अनुभवजन्य पुस्तक लेख्ने योजना केही वर्षदेखि थियो । बिरामीबाट केही तङ्ग्रिएपछि लेख्न सुरु गर्छु भन्नुभएको थियो । अनि उहाँलाई आफूलाई गम्भीर रोग लागेको महसुस भएसँगै सबै साथीहरूसँग आफैँ गएर भेट्ने योजना पनि त्यत्तिकै रह्यो । हुन त मनमा धेरै योजना थिए होलान् । राजनीतिमा स्थापित हुने, पार्टी र जनताका लागि केही गर्ने, पार्टीको खराब तत्वहरूलाई एक्सपोज गर्ने आदि कतिकति । मैले चिनेको उहाँ एउटा कहिल्यै नथाक्ने विद्रोही स्वभावको व्यक्ति । कैयनपटक पार्टी राजनीतिबाट अलग बस्नुस् भन्दा पनि आफँै कुनै प्लेटफर्म बनाएर लागिरहने । पार्टी कब्जा जमाएर बसेकाहरूले उहाँलाई कतै टिक्न दिएनन् । किनकि सानो स्पेस पाए पनि उहाँले त्यसैलाई ठूलो बनाएर आफैँलाई सिध्याइदिने डर सबैमा थियो । जिल्ला सभापति चलाइसकेको व्यक्ति ९ वर्षपछि नगर इकाइको छुट्टै अफिस खोलेर राजनीति गर्दा सबै डराए । बद्रीराम भण्डारी दोस्रोपटक सभापति हदँु ा उहा ँ फेि र सचिव बन्नभु या े । सम्भवतः नवु ाकाटे मा काङग् से्र का े पार्टी  कायार्ल य भन्न लायक अफिस उहाँले नै बनाइदिनुभयो । पाटीर्म ा क–े क े भया,े क–े क े गनर्भु या े । उहाँका सहकर्मीहरूले जान्ने कुरा हो । तर, मृत्युपछि एकैदिन चार ठाउँमा श्रद्धाञ्जली सभा राखेर उहाँको नाममा हानाथापी र विवाद पनि देखाइयो । तेह्रौँ दिनमा काठमाडौंमा भएको शोकसभामा म पनि सहभागी थिएँ । कावा सभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतले आत्मआलोचना गर्दै मन्तव्य दिए । निधि तिनै व्यक्ति थिए, जसले ०४९ मा जिविस सभापतिमा पिताजीले पाइसकेको टिकट अजर्नु नरसिहंले विद्रहो गर्छु भनरे धम्की दिएको भरमा मुकुन्द सिटौलालाई दिएका थिए । सो समारोहमा एसके नेपालले त्यो प्रसङ्ग पनि मन्तव्यमा राखे । राजनीतिमा उहाँले आफूलाई कहिल्यै पीडितको रूपमा राख्नुभएन । पद नपाउनुको अर्थ पीडित हुनु होइन । जो सक्षम रल बलियो छ त्यसैसँगै धेरै डराउँछन्, खुट्टा तान्छन् । तर, कहिल्यै शक्तिकेन्द्रमा नबसे पनि पिताजीको नामैले जिल्लामा डराउनेहरू केन्द्रमा सारालाई थर्काइरहेका छन् । यतिखेर सम्झिरहेको छु, पशुपति आर्यघाटमा पिताको शवलाई माला चढाएर हात जोडेर ढोग्दै गर्दा अजर्नुनरसिंह केसी लामो समयसम्म निहुरिरहे । मेरो आँसु भरिएको आँखाले उनको अनुहारमा पीडाभाव र अपराधबोध देखिरहेको थिएँ । शरीर मरेपछि आत्मा बाँकी रहन्छ । मरेपछिको पितृ त देवता हो । त्यही देवतासँग उनी र उनीजस्तैले पश्चात्तापका साथ माफी मागिरहेको त्यो दृश्य भोलिका दिनमा अरू राजनीतिकर्मीले भोग्नु नपरोस् ।
त्रिशुली प्रबाह साप्ताहिकबाट साभार