Monday, September 02, 2019

सिडिसीको सामाजीक परीक्षण

विदुर/सामुदायिक बिकास केन्द्र (सिडिसी) नेपालले सामाजिक परिक्षण एवं साझा सभा कार्यक्रम शुक्रवार विदुरमा सम्पन्न गरेको छ ।
      संस्थाले अघिल्लो बर्ष गरेको कार्यहरूको समीक्षा गरेको थियो । प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले गैर सरकारी संस्थाले गरेको काम प्रभाबकारी भए नभएको जनप्रतिनिधिहरूले अनुगमन गर्नु पर्ने बताए । अधिकांश गैससहरूले गरेको काम दिगो नभएको गुनासो आएकाले त्यसप्रति स्थानिय जनप्रतिनिधिहरू सजग हुनु पर्ने उनको भनाई छ ।
प्रदेश नं. ३ का सांसद कल्पना नेपालीले गैससहरूको कामका कारण कही भने परिवर्तन आएको स्मरण गरे । उनले केही गलत प्रवृत्तिका संस्थाहरूका कारण सिङ्गै सामाजिक संस्थाको अभियान दुषित भइरहेको बताए । सांसद नेपालीले सिडिसीको कामको भने प्रशंसा गरेका छन् । नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले स्थानिय तह देखि गैर सरकारी संस्थाहरूले गरेको कामको प्रगती बिवरण सार्बजानिक गर्नु पर्ने बताए । बिभिन्न क्षेत्रमा काम गर्दै आएको संघ संस्थाचहरू पारदर्शी र नागरिकहरू प्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिए ।
सामुदायिक बिकास केन्द्र्रले नुवाकोटको शिवपुरी गापामा ११ हजार ६७० जनालाई खानेपानीको ब्यबस्थापन गरेको, लिखु र म्यागङ गापामा पारस्परिक जवाफदेहिता जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । रसुवाको नौकुण्ड र उत्तरगया गापामा पूर्णिमा परियोजनाको ‘होप’ कार्यक्रम पनि सिडिसीले सञ्चालन गरिरहेको छ ।

No comments:

Post a Comment