विदुर/आर्थिक बर्ष २०७५/७६ मा जिल्ला अदालत नुवाकोटमा मुद्दाको संख्या बढेको छ ।
गत वर्षको तुलनामा १३८ मुद्दा बढेका हो । अदालतमा ७५२ मुद्ददा परेका थिए । यो आर्थिक वर्षमा ३६५ मुद्दा जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले फैसाला गरेका छन् । अदालतमा ३८७ मुद्दा फच्र्यौट गर्न बाँकी रहेको अदालतका श्र्रेस्तेदार शिवप्रसाद बञ्जराले बताए ।
गत आर्थिक वर्षमा २४९ थान लगत मुद्दामा यो वर्ष ३८७ थान लगत बाँकी रहेको अदालतले जनाएको छ । नयाँ संहिता (कानुन), जनघनत्व, जग्गाको मूल्यले समाजमा किचलो ल्याउँदा मुद्दाको संख्या बढ्दै गएको स्रेस्तेदार बञ्जराले बताए ।
फैसला भएका मुदामा बढी देवानी प्रकृतिका छन् र । व्यक्तिवादी (देवानी) धनसम्पत्ति, लेनदेन, जग्गा किचलो लगायतका ४६२ मुद्दा परेका थिए ।
त्यसमध्ये २२८ अदालतले फैसाला गरेको थियो भने २३४ फैसाला हुन बाँकी छन् । व्यक्तिवादी (फौजदारीमा) जालसाँझी, किर्ते, कुटपिट, लुटपाट लगायतका ११० मुद्दामा परेको थियो । त्यसमा ७१ फैसाला भएको र ३९ मुद्दा बाँकी रहेको छ ।
सरकारवादी फौजदारी अन्तर्गत कर्तव्य ज्यान, मानव बेचविखन, डैकैती लगायतका १७२ मुद्दा रहेकोमा ६२ टुंगिएका छन् । त्यसमध्ये ११० मुद्दा फच्र्यौट हुन बाँकी छ ।

No comments:
Post a Comment