विदुर/भुुकम्पका कारण घरबास गुमाएका नुवाकोटका सुकुम्वासी र भूमिहीन भूकम्पपीडित जग्गा अभावका कारण घर बनाउनबाट वञ्चित भएका छन् । भुकम्प पछिको चौथो दसैं सुरु हुँदा पनि थुप्रै नागरिकहरूको यो पालीको दसैं पनि घर बाहिर नै हुने भएको छ । यस्तौ समस्या परेकालाई सहयोग गर्ने भनेर सञ्चालनमा ल्याइएको ‘परियोजना’ रमिते बनेको छ ।
२०७२ सालमा गएको ‘गोरखा भूकम्प’का कारण नुवाकोट जिल्लामा ४१७ परिवार विस्थापित तथा २५२ घर परिवार भूूमिहीन भएका थिए । यिमध्ये आधाभन्दा बढीले अझै घर बनाउन नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । नुवाकोटको समग्र पुनःनिर्माण ७५ प्रतिशत पूरा हुँदा जग्गा अभावका कारण सुकुम्वासी र भूमिहीनको समस्या अझै कायमै रहेको एकाइ कार्यालयका सूचना अधिकारी विशाल सापकोटाले बताए ।
भूकम्पबाट नुवाकोट जिल्लामा विस्थापित भएका ४१७ परिवारमध्ये हालसम्म २७१ परिवारले सरकारी अनुदानमा जग्गा खरीद गरी नयाँ घर बनाएका छन् । यस्तै २५२ भूमिहीन परिवारमध्ये ७७ परिवारले जग्गा खरीद गरी आफ्नो घर पुनःनिर्माण गरेका छन् ।
भूकम्पका कारण घरमा क्षति र सुख्खा पहिराले बस्ती बगाएपछि विस्थापित भएका तथा आफ्नो नाममा कहीँकतै जग्गा नभएका (भूमिहीन)लाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सुरक्षित स्थानमा घडेरी खरीदका लागि रु दुई लाखसम्म अनुदान उपलब्ध गराउँदै आएको छ । घडेरी खरीदका लागि सरकारी अनुदान वितरण प्रक्रिया ढिला हुँदा आवास निर्माणमा ढिलाइ भएको हो । समयमै जग्गा र अनुदान वितरण नहुँदा विस्थापित परिवारले घर बनाएका छन् ।
बस्ती जोखिम भएका कारण विस्थापितलाई जग्गा उपलब्ध गराउन र भूमिहीनलाई जग्गा दिने भनेर प्राधिकरणले निर्णय नगर्दा पुनःनिर्माण प्रभावित भएको हो । विस्थापित मध्ये २६ परिवारले जोखिम स्थानमै घर बनाएका छन् भने २१ परिवारले अर्काको जग्गामा घर बनाएका कारण उनीहरूका लागि जग्गा खरीद गर्न दिइने दुई लाख तथा आवास निर्माणका लागि दिने थप तीन लाख अनुदान रोकिएको छ ।
यो समस्यामा परेकाहरूलाई सहयोग गर्न भारतिय सरकारले नुवाकोटमा सञ्चालनमा ल्याएको परियोजना भने रमिते बनेर बसेको छ । युनोप्स्ले नुवाकोटमा सञ्चालन गरिरहेको भनिएको परियोजनाको सम्झौतामा समस्यामा परेकालाई सहयोग गर्ने उल्लेख छ । तर उनीहरूले सहयोग गरेको छैन ।
त्यस्तै, नुवाकोटबाट सिफरिस भएका १४० भूमिहीन परिवारको प्राधिकरणको केन्द्रीय कार्यालयबाट निर्णय नहँुदा उनीहरू अस्थायी टहरामै बस्न बाध्य भएका छन् । भूकम्पका कारण नुवाकोट जिल्लामा ७६ हजार ८ सय ९ परिवारको घर पूर्णरुपमा क्षति भएको तथ्याङ्क छ । हालसम्म तोकिएको मापदण्डअनुसार भूकम्प प्रतिरोधी नयाँ घर निर्माणको सम्झौता गरेर ७३ हजार ३७ परिवारले पहिलो किस्ताबापत ५० हजार रकम लिइसकेको एकाइ कार्यालय नुवाकोटले जनाएको छ । त्यसमध्ये ६७ हजार ६१२ परिवारले घरको जग हालेर दोस्रो किस्ताको २ लाख तथा ५५ हजार १५ परिवारले नयाँ घरको पुनःनिर्माण सम्पन्न गरेर तेस्रो किस्ताको ३ लाख बुझेका छन् ।

No comments:
Post a Comment