विदुर/नुवाकोटमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण ४१ जनाले ज्यान गुमाएका छन् ।
जिल्लामा भएका विभिन्न दुर्घटनामा परि उनीहरूको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईका अनुसार जिल्लामा सवारी दुर्घटनामा परि मृत्यु हुने मध्ये पुरुष ३३, महिला छ र बालबालिका २ जना छन् ।
सवारी साधनको दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने घटेको छैन । गत आर्थिक बर्षमा भएका दुर्घटनामा २७ सवारी साधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भट्टराईले बताए ।
गत वर्ष २०७५÷०७६ मा भएका सवारी दुर्घटनामा परी ४५ जना घाइते भएका छन् । सवारी साधन दुर्घटना मध्ये मोटरसाइकल बढी रहेको छ ।
१० वटा मोटरसाइकल दुर्घटनामा परेको थियो । ट्रक ८ वटा, टिपर तीन वटा, कार÷जीप दुई वटा र वस, माईक्रोबस र ट्याकटर एक÷एक वटा दुर्घटनामा परेको तथ्याङ्क छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सञ्चालन गरेको जनचेतनामुलक कार्यक्रमले दुर्घटना न्युनिकरण हुँदै आएको बताइएको छ । त्यस्तै, सम्भाबित दुर्घटना हुने क्षेत्रमा प्रहरीले चेतनामुलक ब्यानर र ट्राफिक सङकेतहरू राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख भट्टराईले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा २२ हजार ६५६ सवारी साधनलाई कारवाही गरी एक करोड ५१ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
सवारी साधन चालकहरूलाई कारवाही गर्ने क्रम भने अघिल्लो आर्थिक वर्षहरूको तुलनामा गएको वर्ष कम देखिएको छ । तर दुर्घटना न्यूनिकरण भने भएको छैन । बढ्दो सवारी साधनको चाप र साँघुरा र कम गुणस्तरको सडकका कारण दुर्घटनाको संख्यामा वृद्धि भएको हो ।

No comments:
Post a Comment