प्रितिका थापा
विदुर/नेकपा नुवाकोटका ईञ्चार्ज एवं पुर्व मन्त्री महेन्द्रबहादुर पाण्डेले प्राकृतिक श्रोत साधनको तस्करी नियन्त्रणका लागि नुवाकोटका प्रशासन र प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।
केही दिन अघि नुवाकोटमा भएको एक फरक कार्यक्रममा बोल्दै पाण्डेले नेता, सरकार र ठुला मान्छेको आडमा प्राकृतिक श्रोता साधनको तस्करी गर्न प्रशासन र प्रहरीमा दवाव आउने गरेको सुनेको बताए । उनले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेलाई कुनै पनि दवावमा बालुवा तस्करी गर्न नदिन निर्देशन दिए । ‘ठुलाबडाको काखीमुनीका मान्छे हुँ भन्दै फोन अउला सिडिओ सा’प एपपी सा’प, त्यस्ताको फोन आयो भन्दैमा खोलामा मेसिन हाल्ननदिनु, बरु हामीलाई भन्नुहोला, हामीले जानेका छौं’ पाण्डेले भने ।
यता, अबैध रुपमा खोलामा मेसिन प्रयोग गरी बालुवा निकाली रहेका तीन जनालाई बिहिवार साँझ नुवाकोट प्रहरीले पक्राउ गरेको छ । तादी नदीमा प्रयोग गरेको मेसिन नियन्त्रणमा लिनेक्रममा प्रहरीलाई बाधा पु¥याएको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीले खोलाको किनारमा फेला परेको स्काईभेटर सिक्रीले बाधेर फर्किएकोमा उक्त सिक्रि काटेर खोलाबाट मेसिनले बालुवा झिकीरहेको फेला परेको थियो । उक्त मेसिनलाई पुन नियन्त्रणमा दिँदा झगडा गर्न आएका तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा बिदुर नगरपालिका वडा नं. ५ का रबिन कुमाल, हेटौडा उप महानगरपालिका वडा नं. १४ का निरन आले मगर र सोही ठाउँमा अशोक आले मगर छन् । उनीहरू हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको एसपी अविनारायण काफ्लेले बताए ।
यसै बीच, जिल्ला अदालत नुवाकोटबाट फैसला भई दोषि ठहर भएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार लिखु गापा ३ सुर्यमतीका राजु जर्गामगर पक्राउ परेका हुन् । उनलाई सवारी ज्यान मुद्दामा दोषि ठहर गरिएको छ । जिल्ला अदालतलले २०७५ साल भदौ २५ गते उनलाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई बिहिवार जिल्ला कारागार नुवाकोट चलान गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment