गाई धन्दा नियन्त्रण गरौं
बट्टार बजारको हावाघरमा शनिवार गाई जिउँदै पुरेको अवस्थामा स्थानीयहरूले फेला पारे । जिवितै उद्धार गरिएको गाईले मनविय संवेदना र पशु चौपायाको अवैध ओसारपसार र तस्करीको भयावह चित्र सार्वजनिक गरेको छ । वर्षेनी भदौ, असोजमा काठमाडौं उपत्याकाबाट गाई र गोरुको संख्यौं संख्या नुवाकोट हुँदै रसुवा जाने गरेको छ । यो वर्षदेखि चल्दै आएको छ । यसरी रसुवा पुगेको गाई गोरु चीन पुग्ने गरेको अनौपचारिक तथ्यहरूले बताएको छ । मासु खानकै लागि यसरी शहर बजार र गाउँबाट समेत जम्मा गरिने पशु चौपाया त्यसमा पनि नेपालमा पुजिदै आएको गाईको निकासीको लागि सरकारी पक्षबाट खासै प्रयास भएको पाइएको छैन । शहर बजारमा छाडा रहेका गाई गोरु निःशुल्क पाइने र अझ घरपालुवा गाई गोरु ल्याउनेले त घरधनीको तर्फबाट बाटो खर्च समेत पाउने गरेका छन् । यसरी दजनौं वा सयौंको संख्यामा जम्मा गरिने गाई र गोरु नुवाकोट हुँदै चीन पु¥याइन्छ । यसरी निर्यात हुँदाका विभत्स दृष्य र घटनाक्रम बर्षेनी देखिदै र हुँदै आएका छन् । शनिवारको घटनाले भने पशु अधिकार र मानव संवेदना माथीनै प्रश्न चिन्ह गरेको छ । अन्य गाई गोरु सरह हिड्न नसक्ने भएकालाई बाटोमै छाडिदिने र त्यसको अन्य असर भोग्दै आएकाहरूले पुर्दै गरेको खाल्डोबाट जिउँदै गाई निकालेका छन् ।
उपत्यकाबाट मात्रै होइन पछिल्ला केही वर्षदेखि नुवाकोटकै ग्रामिण भेगबाट समेत गाई निर्यात हुन थालेको छ । घरपालुवा गाई घरधनीसंग निःशुल्क खरिद गरेर केही गिरोहहरूले रसुवा र केरुङ्गको सिमासम्म पु¥याउने गरेका छन् । सिमाबाट नभई चोरबाटोबाट चीन निकासी गर्दै आएको गाईको व्यापारको अवस्था काहालीलाग्दो छ । मासु प्रयोजनका भइरहेको गाईको यो व्यापार नियन्त्रणका लागि विशेष अभियान र सावधानी अपनाउनु जरुरी देखिएको छ । यही क्रम विकास भइरहँदा यो धार्मिक मुद्दाको रुपमा अगाडी देखिन सक्नेछ । हिन्दु धर्मालम्वीहरूले उच्च सम्मान दिने गाईको व्यापार त्यो पनि मासु प्रयोजनका लागि भइरहँदा यसले निम्त्याउने र असहिष्णुताले हाम्रो संस्कृति, आस्था र परम्परालाई गर्न सक्ने गम्भिर क्षय तर्फ हामी सबै सचेत र सावधान बनौं ।
No comments:
Post a Comment