शर्मिला उप्रेती
तारुका/तारुका भन्ने वित्तिकै संगसंगै जोडिएर आउने अर्को पर्यायवाची शब्द छ गोरु जुधाई । यही अन्तराष्ट्रिय पहिचान बनिसकेको परम्परा पनि यही तारकेश्वर गाउपालिकामा पर्दछ । हरेक माघेसंक्रान्ति पर्वमा तारुकामा हुने गोरु जुधाईले चाडपर्वको विशेषता नै परिर्वतन गराएको छ । माघेसंक्रान्ति भन्ने वित्तिकै नुवाकोटमा गोरु जुधाई सम्झन थालिएको छ ।
गोरु जुधाई मनोरञ्जनको माध्यम र खेलको जात्रा समेत बनिसेकेको छ । स्पेनको ‘बुलफाइट’ को झल्को दिएपनि तारुकाको गोरु जुधाई मौलिक शैलीको भएको र संस्कृतिको अंग बनिसकेको छ । सिङ्गै जिल्लाले गौरव गर्ने परम्पराको रुपमा स्थापित गोरु जुधाईकै व्यवस्थि तगर्नकै लागि तारकेश्वर गाउँपालिकाले आफ्नो कार्यहरूको सुरुवात गरेको छ । गोरु जुधाई हेर्न चन्दनी पुग्ने बाहिरका नागरिकहरूको सहजताका लागि सडकको स्तरउन्नती गरिएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती सुनाउछन् । गोरु जुधाई हुने स्थानमा दर्शकलाई बस्नका लागि सहज हुने गरी रङ्गशाला निर्माणको विषयमा पनि स्थानीय सरकारले सोचेको छ ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुकामा भान्जा आउँदा मनोरञ्जन दिन गोरु जुधाएपछि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको बताईन्छ । सोही अनुसार यस परम्परालाई अहिलेका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् । तर यो इतिहास नमिलेको र इतिहास अर्को रहेको तर्क गर्ने स्थानीयहरू पनि निस्किएका छन् । जयपृथ्वीबहादुर सिंहको मावाली तारुका नभई काठमाडौंको असनमा रहेको र बझाङ्गी राजाहरूको यहाँको जमिन रहेको ईतिहास पढेकाहरू बताउछन् ।
अर्को किम्वदन्ती अनुसार विक्रम सम्वत १८८७ तिरबाट यो गोरु जुधाई सुरु भएको मेला व्यवस्थापन समितिका पुर्व अध्यक्ष नविन अधिकारी बताउछन् । बझाङ्गी राजाको
विर्ता रहेको तारुकामा कुत उठाउन आउँदा उनीहरूको मनोरञ्जनका लागि गोरु जुधाउन थालिएको हो ।
स्पेनमा हुने विश्व चर्चित बुल फाईटमा मानिसले गोरुलाई उत्तेजित पारेर कुदाउँछन् । तर तारुकाको प्रतियोगितामा त्यस्तै केही हुँदैन । यहाँ केवल गोरुविरुद्ध गोरु लड्छन् ।
थाकेर एउटा गोरु भागेपछि मैदानमा बाँकी रहेकोलाई विजेता घोषित गरिन्छ । केही वर्षयता तारुकाको गोरु जुधाईको चर्चा चारैतिर फैलन थालेपछि वरपरका जिल्लामात्र नभई काठमाण्डौंबाट पनि दर्शकहरू आउँछन् ।
प्रतियोगिताका लागि हरेक वर्ष हजारौंंको संख्यामा दर्शक विभिन्न जिल्ला र देशबाहिरबाट समेत आउँछन् ।
यो संख्या वर्षेनी बढिरहेको छ । तथ्याङ्कक राख्ने नगरेपनि तारुकामा दर्शकको भीड वर्षेनी बढ्दै गएको छ । यो प्रतियोगिताको सुरुवात कसरी भयो भन्ने यकिन हुन नसकेपनि स्थानीयहरूलाई झण्डै २०० वर्ष अघि गोरु जुधाउने परम्पराको थालनी भएको विश्वास रहेको गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल बताउँछन् ।
शताब्दीदेखि चल्दै आएको गोरु जुधाई प्रतियोगिता पछिल्लो समय सबैको आकर्षण बढ्दै गएको छ । स्थानीय युवाहरूको जोश र जाँगरले सञ्चालनमा आएको खेल विशेषतः कृषिमा आधारित छ । खेलको प्रवद्र्धन हुन सके कृषिलाई समेत उभो लगाउन सकिने देखिन्छ ।
परम्परागत रुपमा चलिआएको यस्तो खेललाई पर्यटकीय आकर्षण बनाउन पनि सकिन्छ । युवाहरूले थालेको अभियानलाई सार्थक बनाउन स्थानीय जनप्रतिनिधिहरूले विशेष ध्यान दिने बताएका छन् ।

No comments:
Post a Comment