विदुर/नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ ।
फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ गाँउपालीका वडा नम्बर ३ मा बोडिङबाट फर्कदै गरेका नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएको हो ।
विद्यालयबाट फर्कदै गरेका तीन जना विद्यार्थीहरूमध्ये सरोजलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ । किस्पाङ गाँउपालीकाको वडा नम्बर १ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा नं ३ को काहुलेतर्फ जाने उक्त खोलामा पुल नहँुदा वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हँुदै आएको छ ।
उता, बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा भालुको आक्रमणबाट एक युवक गम्भीर घाईते भएका छन् । घाईते हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का प्रकाश तामाङ रहेको बताइएको छ । भालुको आक्रमणबाट गम्भीर घाइते भएका उनको काठमाण्डौको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

No comments:
Post a Comment