उषा रेग्मी
विदुर/गेर्खु खोलामा हालेको डाईभर्सन प्रत्येक दिन जस्तो बाढीले बगाउदै आएको छ । पोहोर पक्की पुल बाढीले बगाएपछि व्यक्तिको जग्गामा हालिएको डाइभर्सन यो पछिल्लो दुई साताको बीचमा छ पटक बगाई सकेको छ ।
निर्माण कार्य असाध्यै सुस्त गतमिा भइरहेको यो पुलका कारण स्थानीयहरू मर्मामा परेका छन् । विद्यालय जाने विदार्थीहरूलाई दिनहुँ सास्ती हुँदै आएको छ । मुख्य सडक खण्डमा रहेको यही खोल र अधुरो पुलका कराण नागरिकहरू सवारी साधन वारीपारी नै राखेर हिड्नु पर्ने अवस्थाको सृजना भएको छ । स्थानीयहरूले भने पुल सञ्चालनमा ल्याउनु पर्ने वा डाइभर्सनलाई दिर्घकालिन रुपमा रहने गरी पक्की बनाउनु पर्ने माग गरेका छन् ।
तर, व्यक्तिको जग्गा केही समयका लागि मागेर डाइर्भसन बनाइएको कारण त्यहाँ स्थानीय संरचना तयार गर्न ठेकेदार कम्पनीलाई समस्या भएको छ । यही समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा सरोकारवाहरूको बैठक बसी आवश्यक प्रक्रृया अगाडी बढाउने निणर्नय भएको छ । गेर्खुखोला डाईभर्सनका कारण पीडित स्थानीयहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक प्रकृया सुरु गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले निर्देशन दिएको छ । ब्यक्तिको जग्गा प्रयोग गरी डाईभर्सन बनाईएपनि उनीहरू जग्गा प्रयोग गर्न र क्षतिपूर्ति प्राप्त गर्न बञ्चित हुनु न्यायोचित नहुने निष्कर्षका साथ नीजि जग्गाको क्षतिपूर्ती उपलब्ध गराउन सडक आयोजनाले अविलम्ब प्रकृया सुरु गर्न प्रजिअको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, नपाका वडा अध्यक्षहरू, सडक आयोजना र निर्माण कम्पनीका प्रमुखहरू समेत उपस्थित बैठकले गेर्ख‘खोलामा निर्माण भईरहेको पक्की पुलको प्राबिधिक परीक्षण गरी स्पान थप लगायत ‘रिभर ओरिएण्टेशन ब्रिज एक्सिस’ मेल खानेगरी यथाशक्य निर्माण सम्पन्न गर्न पहल गर्ने निर्णय गरेको छ । सामान्य बर्षत हुँदा समेत खहरेखोलामा ठुलो बाढि आउने र डाईभर्सन बगाउने गरेको छ । गेर्खुखोलामा आएको बाढीले अस्थायी डाइर्भसन बगाएपछि सडक पटक पटक अबरुद्ध हुँदै आएको हो ।

No comments:
Post a Comment