विदुर/न्युजिल्याण्डको एक संस्थाले एजुटेक नेपाल मार्फत बिदुर नगरपालिकाको २ बिद्यालयलाई ४० थान कम्प्युटर उपलब्ध गराएको छ । बेल रिसर्च सेन्टरको समन्वयमा बिदुर नगरपालिकाको च्वाडि पब्लिक मावि र चन्द्रज्योती माबिलाई कम्प्युटर उपलब्ध गराको हो । दुई बिद्यालयलाई ४० थान कम्प्युटर प्रदान गरेको छ । कम्प्युटर हस्तान्तरण कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगर भित्र रहेका सबै बिद्यालयलाई प्रबिधिमैत्री बनाउने लक्ष्य स्वरुप कम्प्युटरको लागी सहजिकरण गरेको बताए । च्वाडि पब्लिक माविका अध्यक्ष लक्ष्मण श्रेष्ठले कम्प्युटरले प्राबिधिक शिक्षामा सहयोग पुग्ने बताए ।
No comments:
Post a Comment