विदुर/नेपाल औषधि ब्यवसायि संघ नुवाकोटको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा टलकमान श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता समेत हुन् ।
संघको जिल्ला कार्य समितिमा उपाध्यक्षमा रबिदास श्रेष्ठ, महासचिबमा भिमबहादुर रोक्क, सहसचिबमा हरेराम सापकोटा, कोषाध्यक्षमा प्रेमकुमार सापकोटा र सहकोषाध्यक्षमा रामराजा भण्डारी चयन गरेको छ । सदस्यहरूमा बिनोदराज खरेल, गिता अधिकारी र नबिनन्दमान बैद्य श्रेष्ठ चयन भएका छन् । े
अधिवेशनको उद्घाटन गर्दै, नेपाल औषधि ब्यबसायी संघका केन्द्रिय उपाध्यक्ष नरेन्द्रप्रसाद रिसालले औषधि ब्यबसायीहरूले ठुलो सेवा प्रबाह गर्दै आएको बताए । राज्यले निःशुल्क दिनु पर्ने सेवा औषधि ब्यबसायी संघले दिएको उनको दावी छ । राज्यको स्वास्थ्य क्षेत्रमा उपस्थिति नभएको ग्रामिण भेगमा समेत औषधि ब्यबसायी संघको उपस्थिति बाक्लो रहेको उल्लेख गरे ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले समुदायका नागरिकहरू छिट्टै निको हुने औषधिको खोजीमा रहेको बताए । सामान्य औषधिले बिषो हुने रोगको लागी समेत कडा औषधिको प्रयोग हुँदै आएकाले त्यसलाई रोक्नु पर्ने उनले बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगर भित्र रहेका औषधि ब्यबसायीहरूलाई स्थानिय तहसँग सक्रिय भएर काम गर्न आग्रह गरे । नगरपालिका भित्र रहेका सबै नागरिकलाई स्वास्थ्य सेवा पुराउन स्थानिय तहसंगै जानको लागी उनले आग्रह गरे ।

No comments:
Post a Comment