Sunday, September 29, 2019

पर्यटन प्रबद्धनको पहिलो खुड्किलो होटल

विदुर\प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले पर्यटन प्रबद्धनको पहिलो खुड्किलो होटल रहेको बताए । भ्रमण बर्ष २०२०मा नेपालमा २० लाख पर्यटन भित्र्याउने लक्ष्य राखिएतापनि आबाश्यक पुर्बाधारको बिकास हुन नसकेको उनले बताए । बिशेषगरी पर्यटकिय क्षेत्रहरू हिमाली भु–भागमा रहेकाले त्यस तर्फ पुग्ने सडकमार्गको अबस्थाले नेपालको लक्ष्य पुरा हुन नसक्ने तामाङले बताए । 
होटल तथा पर्यटन ब्यबसायी संघ प्रदेश नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा सदस्यले यस्तो बताएका हुन् । कार्यक्रममा ३ नं. प्रदेश सभा सदस्य केशबराज पाण्डेले नुवाकोटको थुम्कैपिच्छे पर्यटकिय स्थलहरू रहेपनि स्थानिय तह, प्रदेश र संघले त्यसको संरक्षण गर्न नसकेको बताए । पुरातात्विक महत्व बोकेका सम्पदाहरूको पुनःनिर्माण पुरातत्व बिभागले गर्नुपर्ने बताए । बाह्य पर्यटन भन्दा पनी सुरुमा आन्तरिक पर्यटनत प्रबद्धन तर्फ स्थानिय सरकार आकर्षित हुनु पर्ने बताउ । 
जिल्ला ससमन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले केही चहलपहल आन्तरिक पर्यटनले गरेतापनि बाह्य पर्यटन भित्र्याउने सम्पदाहरूको प्रचार प्रसार गर्नु पर्ने बताए । प्रति ब्यक्ति आय बढाउन समेत पर्यटन प्रबद्धनले महत्वपुर्ण भुमिका खेल्ने भएकाले सबै पक्षहरू इसमा जोडिनु पर्ने बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटमा रहेका पर्यटकिय स्थलहरूको सम्भाबनाको खोजी गर्नु पर्ने बताए । लुकेर रहेका सम्पदाहरूको प्रचार प्रसार गर्दै आन्तरिक एवं बाह्य पर्यटन भित्र्याउनु पर्ने बताए । 
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागी प्रशासन तत्पर रहेको बताए । पर्यटन प्रबद्धनको पहिलो खुड्किलो होटल रहेकाले प्रकृया र पद्धत्तिमा सञ्चालन भएका होटलदहरूलाई २४ सै घण्टा सुरक्षा दिन प्रशासन लागि पर्ने बताए । 
कार्यक्रममा होटल तथा पर्यटन ब्यबसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीले प्रदेश नम्बर ३ भित्र रहेका सबै पर्यटकिय स्थलहरूको खोजी गर्दै संघ र प्रदेशसंग सहकार्य गर्ने बताए । तिनै तहको सरकारसँग सहकार्य गर्दै पर्यटन बिकासमा लागी पर्ने बताए । 
नुवाकोटबाट सुरु भएको कार्यक्रमलाई ३ नम्वर प्रदेशको १३ वटै जिल्लामा पुराउने बताईएको छ । तिनै तचहको सरकारको समन्वयमा पर्यटन बर्षलाई लक्षित गर्दे आबाश्यक पुर्बाधारहरूका खोजी तथा संरक्षणमा सबै पक्ष लाग्नु पर्ने बताए । 

No comments:

Post a Comment