ककनी/सिस्डोलमा फालिएको फोहरकै पहिराले लामो समयदेखि सडक अवरुद्ध भई फोहर लैजान र स्थानीयवासीको आवागमनमै समस्या भएको छ ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आयोजना गरेको राजधानीको फोहर व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा सिस्डोलमा फालिएको फोहरकै पहिराले लामो समयदेखि सडक अवरुद्ध भई फोहर लैजान र स्थानीयवासीको आवामनमै समस्या भएको स्थलगत अनुगमनका क्रममा देखिएको सांसद जीपछिरिङ लामाले बताए । सांसद बहादुरसिंह लामाले चार वर्ष अघि संसद्को सुशासन समितिले गरेको अनुगमनका क्रममा लिच्चडलाई पिउन मिल्ने पानी बनाइ कोल्पुखोलामा बगाउने प्रतिबद्धता कार्यान्वयन नहुँदा स्थानीयवासी प्रभावित भएका गुनासो गरे ।
सांसद नारायणप्रसाद खतिवडाले सबै निकायले सिस्डोलको जिम्मेवारीबाट पन्छिन चाहेको अभिव्यक्ति दिएको उल्लेख गर्दै कसको दायित्व हो भनी प्रश्न गरे । सांसद हितबहादुर तामाङले फोहर व्यवस्थापनका लागि सरोकार भएका व्यक्ति र निकायको प्रतिनिधित्व हुने गरी अधिकार सम्पन्न प्राधिकरण वा विकास समिति गठन नगरिए समस्या समाधान हुन नसक्ने बताए ।
सांसद विन्दा पाण्डेले तीन तहका सरकारमध्ये फोहर कसले व्यवस्थापन गर्ने भन्ने स्पष्ट गर्न माग गरे । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले फोहर व्यवस्थापनका नाममा धेरैले विदेश भ्रमण गरे पनि कार्यान्वयन हुन नसकेकाले खर्च राज्यलाई फिर्ता गर्न माग गरे । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले फोहरका कारण सिस्डोल क्षेत्रमा रोगको सङ्क्रमण फैलिएर गाई, भैँसी, बाख्रालगायत चौपाया मर्न थालेका, जमीनमा उब्जनी घटेको, मानिसमा अनेकथरी स्वास्थ्य समस्या आउन थालेका गुनासो गरे ।

No comments:
Post a Comment