विदुर/राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले एतिहासिक र पुरातात्विक संरचनाको पुनःनिर्माण उत्तिकै प्राथमिकतामा रहेको बताए ।
नुवाकोटको एतिहाँसिक साततले दरबारको परिसरमा भएको सम्पदा पुनःनिर्माण सम्बन्धि कार्यक्रममा एतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणको लागी पुनःनिर्माण प्राधिकरणले बिशेष योजना बनाएर काम गरिरहेको उनले बताए । चिन सरकारले पुनःनिर्माण थालेको साततले दरबार यसको उदाहरण रहेको उनको भनाई छ ।
नेकपा नुवाकोट ईन्चार्ज महेन्द्रबहादुर पाण्डेले नुवाकोटको एतिहासिक साततले दरबार क्षेत्रसँगै जिल्लामा रहेका अन्य पुरातात्विक महत्वका सम्पदाहरूको पुनःनिर्माण जरुरी रहेको बताए । यसका लागी स्थानिय सरकार, नागरिक र पुनःनिर्माण प्राधिकरणको सहकार्य आबाश्यक रहेको उनको भनाई थियो ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पुनःनिर्माणको नाममा मौलिक सम्पदा मासिदै गएको भन्दै चिन्ता ब्यक्त गरे । सिमेण्ट र बालुवा प्रयोग गर्दा मात्रै संरचना बलियो हुने गलत सोच हटाउनु पर्ने तामाङले बताए ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले गुनासो बिवरण संकलनको अबधि थपिदा आफुलाई काम गर्न असहज भएको बताए । विदुर नगरपालिकामा पछिल्लो पटक संकलन भएको गुनासोबाट पनि बास्तबिक पिडितहरूको पहिचान गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाएको पण्डितले बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवाली सहितको टोली पुरातात्विक सम्पदा तथा पुनःनिर्माणको अबस्था अबलोकन गर्न गएको आईतबार र सोवावार नुवाकोट बसेका थिए ।

No comments:
Post a Comment