विदुर/नर्जामण्डपमा जापानी सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा निर्माण भएको विज्ञान मावि बिद्यालयलाई हस्तान्तरण गरिएको छ । ५ करोड ७१ लाखमा जाईकाको सहयोगमा नेपाल सरकारद्वारा निर्मित भवनको एक कार्यक्रमका बीच हस्तान्तरण भएको हो । तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले भवन हस्तान्तरण गरेका हुन् । नवनिर्मित ५७ वटा भवन मध्ये सभाहल सहित भएको पहिलो भवन बनेको ब्यवस्थापन समितिका अध्यक्ष तथा तादी गाउँपालिकाका उपाध्यक्ष ईश्वरी उप्रेतीले बताए ।
No comments:
Post a Comment