Sunday, September 29, 2019

सडक आयोजना आबाश्यक

बेत्रावती/रसुवागढी नाका जोड्ने सडकको नयाँ आयोजना लगाएर काम गर्नुपर्ने देखिएको छ । २०४२ मा निर्माण भएको बेत्रावती–धुन्चे सडक मर्मत गरेर मात्रै यातायात सहज बनाउन नसकिने भएकाले आयोजना ल्याउनुपर्ने भएको हो ।
वर्षेनी सडकको मर्मत तथा सुधारको काम गरिँदै आएको भए पनि अवस्था नसुध्रिएपछि नयाँ आयोजना ल्याउन आवश्यक रहेको प्राविधिकले बताएका छन् । वार्षिक रूपमा विनियोजन भएको बजेटले सडकमा गर्न‘पर्ने काममध्ये १० प्रतिशतभन्दा बढी हुन नसकेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।
अघिल्लो साता जिल्ला विपद् व्यवस्थापन समिति रसुवाको बैठकमा डिभिजन कार्यालयका इन्जिनियर सरोज कडारियाले बजेट अभावमा अप्ठेरो ठाउँ सुधार गर्ने बाहेक अरु काम गर्न नसकिएको धारणा राखेका थिए ।
सडक सुधार तथा मर्मतका लागि करिब तीन अर्ब लाग्ने उनको भनाइ थियो । उनले सडकको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम सडक विभागले गर्ने भएकाले लागत स्टिमेट गर्ने काम मात्रै कार्यालयले गर्ने बताए ।
डिभिजनले बनिसकेको सडकको मर्मत सम्भार गर्ने काम मात्रै गर्छ । यसका लागि पर्याप्त बजेट नहुँदा काम प्रभावकारी हुन सकेको छैन । यो वर्ष यही भदौ मसान्तभित्र ठेक्का सम्झौता गरिसक्नुपर्ने भएकाले सोहीअनुसार काम अघि बढाइएको डिभिजन प्रमुख निरज शाक्यले बताए ।
‘नाका जोड्ने सडकलाई पूर्ण रूपमा सुधारको काम गर्ने हो भने छुट्टै आयोजना चाहिने बताईएको छ । चालु आव ०७६÷७७ का लागि जिल्लामा सानो भार्खु, मूलखर्क, खोपाङ भीरस्थित सडकमा ढलान गर्ने कार्ययोजना छ । –शशिकुमार डङ्गोल

No comments:

Post a Comment