Monday, September 02, 2019

विद्यार्थीलाई साइकल वितरण

चौघडा/जिल्लास्तरीय ११ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएका विद्यार्थीहरूलाई साइकल वितरण गरिएको छ ।
    त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयमा गएको असार २२ र २३ गते उक्त  प्रतियोगिता भएको थियो । प्रतियोगितामा लिखु गाउँपालिका प्रथम भएको थियो । गाउँपालिकालाई जिताउन सफल विद्यार्थीहरूलाई  लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा स्थित क्षेत्रपाल माध्यामिक विद्यालयमा २३ जना विद्यार्थीहरूलाई साइकल वितरण गरिएको हो ।
    गाउँपालिकालाई ११ औँ राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा प्रथम बनाउन योगदान पुराएको भन्दै थप हौसला प्रदान गर्न समाजसेवीहरू शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठले संयुक्त रुपमा साइकल वितरण गरेका हुन् । विद्यार्थीहरूले कितावी ज्ञानको साथसाथै खेलको माध्यमबाट आफ्नो छुट्टै परिचय बनाउन चाहिरहेकोले उनीहरूको रुचीलाई मध्यनजर गर्दै हौसला प्रदान गर्न साइकल प्रदान गरिएको शैलेस श्रेष्ठले बताए ।
दाजुभाई शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठको आर्थिक व्यवस्थापनमा कार्यक्रममा सहभागीहरूलाई दर समेत खुवाएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राइले जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले नेपालीहरूले मान्दै आएको अनेकौँ पर्वहरूको विशेषता फरकफरक रहेकोले त्यसको जर्गेना गर्न विद्यालयका विद्यार्थीलाई माध्यम बनाउदा प्रभावकारी हुने बताए ।  

No comments:

Post a Comment