रसुवा/लाङटाङ राष्ट्रिय निकुञ्जका वन्यजन्तुले अन्नबालीमा क्षति गरेको भन्दै राहतका लागि निवेदन दिनेको संख्या बढ्दै गएको छ ।
चालू आर्थिक वर्षको दुई महिनामा रसुवा जिल्लाका मात्रै २० जना कृषकले राहतका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज निवेदन दिएका छन्् । लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोकसहित तीन जिल्लामा फैलिएको छ ।
नुवाकोटबाट अघिल्लो र चालू आर्थिक वर्षमा १ सय १७ जना कृषकको निवेदन परेको निकुञ्जले बताएको छ । धेरैजसो कृषकले जंगली बँदेलले अन्नबाली क्षती गरेको भन्दै निवेदन दिएका छन् । भालुले मानवीय क्षति गरेको र चितुवाबाट पशुको क्षति भएको निवेदन पनि परेको छ ।
वन्यजन्तुबाट अन्नबाली र पशुपन्छी क्षति गर्ने क्रम बढ्दै गएको छ । निकुञ्जले अहिलेसम्म ४० जना कृषकलाई ५ लाख ५ हजार १ सय राहत रकम वितरण गरिसकेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए ।
निर्देशिकामा मानवीय, पशुधन, घरगोठ, भण्डारण गरेको अन्न र खाद्यान्न बालीको क्षतिका लागि राहत दिने व्यवस्था छ । वन्यजन्तुबाट हुने क्षतिको राहत पाउने कुरा थाहा पाएपछि निवेदन दिनेको संख्या बढ्दै गएको लाङटाङ राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए ।
सामान्य घाइतेलाई २० हजार र सख्त घाइतेका लागि प्रकृति हेरी प्रेषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा दुई लाखसम्मको उपचार खर्च दिने व्यवस्था छ ।

No comments:
Post a Comment