विदुर/देविघाटको पुरानो झोलुङ्गे पुल कवाडीलाई विक्रि गरेको समाचार बाहिर आएपछि वडा अध्यक्षहरूले शनिवार विदुरमा पत्रकार सम्मेलन गरेका छन् । विदुर नगरपालिका वडा नं. ५ र बेलकोटगढी नगरपालिका वडा नं. ८ का अध्यक्षहरूले संयुक्त पत्रकार सम्मेलन गरेर रिसईविका कारण गलत समाचार आएको दावी गरे । तर पुल कवाडीमा विक्रिको प्रक्रृयाको बारेमा भने उनीहरूले प्रष्ट उत्तर दिएका छैनन् । सडक आयोजनाले काटेर अलपत्र पारेको पुलको व्यवस्थापन गरेको अध्यक्ष शिवकुमार चित्रकारले दावी गरे । पुल काट्दा नै सडक आयोजनाले प्रक्रृया परा गर्नुपर्नेमा त्यसो नभएको उनले बताए ।
विदुर वडा नं. ५ का अध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी वडा नं. ८ का अध्यक्ष भोजप्रसाद पुडासैनीले ७० हजार रुपैयाँमा पुल विक्रि गरेको समाचार सरकारी सञ्चार संस्था राष्ट्रिय समाचार समितिमा शुक्रवार आएको थियो । यस विषयमा शनिवार भएको पत्रकार सम्मेलनमा वडा अध्यक्षहरूले पत्रकारलाई नै फरक आरोप लगाएका छन् ।
बालुवा तस्करीमा केहि दिन अघि मेसिन र मानिस पक्राउ परेपछि आफ्नो विरुद्धमा गलत समाचार सम्प्रेषण भएको आरोप वडा अध्यक्षहरूको छ । ‘पुल विक्रिमा कुनै अनियमितता भएको छैन, निजी स्वार्थ पुरा नभएपछि २०७५ साल माघको कुरा अहिले गलत ढंगले प्रचार गरियो’ वडा अध्यक्ष चित्रकारले भने । पुल कवाडीमा विक्रि गर्ने प्रक्रृया अन्र्तगत स्थानीयको भेलाबाट मनुमोदन गरेको र त्यसको जानकारी नगरपालिकाका प्रमुखलाई त्यही बेला मैखिक रुपमा गराएको उनले बताए ।

No comments:
Post a Comment