Monday, September 02, 2019

नुवाकोटका २३ को अवस्था अझै अज्ञात

केदार ढकाल
विदुर/झण्डै १० वर्षसम्म चलेको सशस्त्र द्धन्द्धको समयमा नुवाकोटबाट २३ जना वेपत्ता छन् । यो १७/१८ वर्षको अवधिमा वेपत्ता भएका परिवारमा भने फर्किआउने हो की भन्ने आशा जिवितै छ । यत्तिका समयसम्म नफर्किएकोले मृत्यु भइसकेको अनुमान गरेपनि आफ्नो परिवारको सदस्य फर्किआउनेमा भने प्रायः आशाबादी देखिएका हुन् ।
अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटले शmुवार आयोजना गरेको कार्यक्रममा वेपत्ताका प
शसस्त्र द्धन्द्धको समयदेखि बेपत्ता भएका नागरिकहरूको नुवाकोट रेडक्रसले तयार पारेको सूची । 
रिवारहरूले भने सरकारले आफ्नो सदस्यको खोजीका लागि उत्तिसाह्रो वास्ता नगरेको बताए । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले द्धन्द्धको समयमा पिडित भएको बहानामा गलत व्यक्तिहरूले राज्यसंग फाईदा असुलीरहेकोमा चिन्ता व्यक्त गरे । उनले नक्कली द्धन्द्ध पिडितका कारण वास्तविक रुपमा समस्यामा परेकाहरूलाई राज्यले प्रभावकारी रुपमा हेर्न नसकेको बताए ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले राज्य परिवर्तनका लागि योगदान पु¥याउने कार्यमा रहेका द्धन्द्ध पिडितहरूलाई राज्यले बिशेष रुपमा हेर्नुपर्ने बताए । उनले संघिय सरकारको तर्फबाट आफुले गर्ने र जिल्ला प्रशासन कार्यालयको तर्फबाट हुने काममा वेपत्ताका परिवार प्राथमिकतामा पर्ने बताए ।
विदुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठले तत्कालिन समयमा समाजलाई गतिदिने काममा लागेका व्यक्तिहरू द्धन्द्धको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट वेपत्ता पारिएको बताए । उनले वेपत्ता परिवारलाई स्थानीय सरकारले विशेष रुपमा हेर्ने गरी कार्यक्रम ल्याइनु आवश्यक रहेको औल्याए ।
नेपाल पत्रकार महासंघ महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले नुवाकोटका नौं स्थानीय तहका २३ जना बेपत्ता भएको सूची रहेकोले सम्वन्धित स्थानीय सरकारले ति परिवारको जिविकोपार्जनका लागि कार्यक्रम ल्याउनु आवश्यक रहेको बताए । किस्पाङ्ग, मेगाउँ गाउँपालिका र विदुर नगरपालिका बाहेक सबै स्थानीय तहबाट नागरिकहरू द्धन्द्धको समयमा वेपत्ता भएको प्रतिवेदन नेपाल रेडक्रस सोसाईटी नुवाकोटसंग रहेको छ ।
नुवाकोट रेडक्रसका मन्त्री हरि श्रेष्ठले वेपत्ता भएका व्यक्तिको बारेमा थाहा पाउने गरी सहयोग गर्न जनप्रतिनिधिसंग आग्रह गरे । अंग्रेजी पात्रो अनुसार ३० अगस्टमा वेपत्ता भएकाहरूको सम्झनामा अन्तराष्ट्रिय दिवस मनाईदै आएको छ । यस अवसरमा शुक्रवार नुवाकोट रेडक्रसले विदुरमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागि जनप्रतिनिधि, संघिय सरकारका प्रतिनिधिले वेपत्ता परिवारलाई राहत पुग्ने गरी काम गरिने प्रतिवद्धता जनाएका छन् ।  

No comments:

Post a Comment