हरिजंग पाण्डे
विदुर/मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न माया भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५७ औं स्थापना दिवस मनाएको छ ।
नेपाल रेडक्रस सोसाईसिटी जिल्ला शाखा नुवाकोटले रेडक्रस दिबसको अबसरमा जिल्ला अस्पताल त्रिशुलीमा रहेका बिरामीहरूलाई फलफुल बितरण गरेको छ ।
साथै जिल्ला अस्पताल त्रिशुलीका विरामीहरूका लागि २५ थान कम्वल समेत प्रदान गरिएको जिल्ला सभापति सुरथबहादुर चित्रकारले जानकारी दिए । त्यस्तै, रगत र राहतको क्षेत्रमा काम गर्दै आएको मानबिय संस्थाको रुपमा रहेको रेडक्रसलाई प्रत्येक नागरिकको पँहुचमा पुराउनु पर्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । नुवाकोट रेडक्रसका सभापति सुरथबहादुर चित्रकार, तीन नम्वर प्रदेशका महासचिव रामजी पौडेल, नुवाकोट रेडक्रसका मन्त्री हरि श्रेष्ठ लगायतले नुवाकोट रेडक्रसले गरिरहेको कामको चर्चा गरे ।
२०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरूले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पु¥याउदै आएका तथ्याङ्क रहेको छ । नेरेसोका जुनियर युवा लगायत १० लाख सदस्यहरू छन् ।
फलफुल बितरण कार्यक्रममा जिल्ला अस्पताल त्रिशुली, अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना, आपतकालिन अबस्थामा सहयोगको लागी सहकार्य गर्दै आएको बताए ।
मानवीय सेवमा नेपाल रेडक्रस सोसाइटी देशको अग्रणी संस्था हो । विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरण जस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत रेडक्रस समुदायको संकटासन्नता कम गर्न देशका सवैजसो समुदायमा पुगिरहेको छ ।
विपद् तथा संकटजन्य अवस्थाहरू पश्चात् गरिने पुनर्लाभलाई सुदृढ गर्न, अझ बढि सुरक्षित, उत्थानशील र स्वस्थ समुदायको प्रबद्र्धन गर्न, सामाजिक सामावेशीकरण तथा अहिंसा एवं शान्तिकोसंस्कारको प्रवद्र्धन गर्न र संकटासन्नताको न्यूनीकरण गर्न सबैपक्षको सद्भाव, सहयोग, समन्वय र सहकार्यको लागि रेडक्रसले आबह्वान गरेको छ ।
विदुर/मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न माया भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५७ औं स्थापना दिवस मनाएको छ ।
नेपाल रेडक्रस सोसाईसिटी जिल्ला शाखा नुवाकोटले रेडक्रस दिबसको अबसरमा जिल्ला अस्पताल त्रिशुलीमा रहेका बिरामीहरूलाई फलफुल बितरण गरेको छ ।

२०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरूले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पु¥याउदै आएका तथ्याङ्क रहेको छ । नेरेसोका जुनियर युवा लगायत १० लाख सदस्यहरू छन् ।
फलफुल बितरण कार्यक्रममा जिल्ला अस्पताल त्रिशुली, अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना, आपतकालिन अबस्थामा सहयोगको लागी सहकार्य गर्दै आएको बताए ।
मानवीय सेवमा नेपाल रेडक्रस सोसाइटी देशको अग्रणी संस्था हो । विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरण जस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत रेडक्रस समुदायको संकटासन्नता कम गर्न देशका सवैजसो समुदायमा पुगिरहेको छ ।
विपद् तथा संकटजन्य अवस्थाहरू पश्चात् गरिने पुनर्लाभलाई सुदृढ गर्न, अझ बढि सुरक्षित, उत्थानशील र स्वस्थ समुदायको प्रबद्र्धन गर्न, सामाजिक सामावेशीकरण तथा अहिंसा एवं शान्तिकोसंस्कारको प्रवद्र्धन गर्न र संकटासन्नताको न्यूनीकरण गर्न सबैपक्षको सद्भाव, सहयोग, समन्वय र सहकार्यको लागि रेडक्रसले आबह्वान गरेको छ ।
No comments:
Post a Comment