Tuesday, October 22, 2019

यातायात क्षेत्रको सुधारका लागि ज्ञापन पत्र

विदुर/संवाद समूह नुवाकोटले जिल्लामा भएको यातायात क्षेत्रका यावत समस्याहरूको सुधार हुनुपर्ने माग गर्दै गएको सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । संवाद समुह नुवाकोटका संयोजक सन्तोष खनाल सहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको हो । खनालले बुझाएको ज्ञापनपत्रमा नुवाकोटमा रहेका पेट्रोलियम व्यवसायीले पेट्रोलमा एक रुपैयाँ बढी लिने गरेको, सार्वजनिक सवारी साधनमा सरकारले छुट दिएका विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङग, जनआन्दोलनका घाइतेहरूले सरकारले तोके अनुसारको छुट तथा सुविधा नपाउने गरेको, चाडपर्वको समयमा धेरै दिनसम्म टिकट काउण्टर बन्द गर्ने र यातायात व्यवसायीले मनोमानी भाडा लिने गरेको भन्दै तत्काल यस विषयमा सुधारको माग गर्दे उनीहरूले प्रजिअ पोखरेलको ध्यानाकर्षण गराएका छन ।
त्यस्तै नुवाकोटको बालाजु–ककनी–त्रिशुली, टोखा छहरे–ढिकुरे सडकखण्ड सुधार गर्न‘पर्ने माग गरेको छ । जिल्लामा सञ्चालन भइरहेका यातायात व्यवसायीहरूको भाडादरमा एकरुपता कायम हुनुपर्ने, गल्छी–देविघाट सडकखण्डमा सरकारले कायम गरेको भाडादर लागु गर्न‘पर्ने र बसपार्क बाहेक अन्य स्थानबाट टिकाट नकाट्ने र चिटको भरमा यात्रु बोक्ने प्रवृति रोक्नु पर्ने संबाद समुहले जनायो ।
बडादशै, तिहार र छठ लगायतका विभिन्न चाडपर्वमा बजार अनुगमन गरि ढक तराजु नापजाँच नियमित गर्न प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ ।

No comments:

Post a Comment