Tuesday, October 22, 2019

२०७६ कात्तिक ४ गतेको सम्पादकिय

भ्रमण वर्षको लाभ उठाऔं
नेपाल भ्रमण वर्ष २०२० सुरु हुन दुई महिना मात्रै बाँकी छ । नेपालको सम्भावनालाई विश्व बजारमा प्रस्तुत गर्न तथा तत्कालकै अवस्थामा यहाँका नागरिकहरूको आयस्तरमा टेवा पु¥याउनका लागि नेपाल सरकारबाट घोषणा भएको नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारी, गैर सरकारी तथा व्यक्ति–व्यक्तिबाट विभिन्न अभियान तथा गतिवधिहरू भए गरेको पाउन सकिन्छ । आफ्नो स्थानमा रहेका पर्यटकिय स्थानहरूको पहिचान, प्रचार र संरक्षणमा स्थानीय सरकार, सरोकारवाला निकाय, संघसंस्था र व्यक्तिहरू समेतको सक्रियता अहिले बढ्दो छ । यो आम देशभरिनै भइरहेको अभियानमा नुवाकोट जिल्ला अछुतो नरहेपनि अभियान र गतिविधिमा असाध्यै कम देखिएको छ । केही साता अघि विदुर नगरपालिकाले होटल, पर्यटन व्यवसायीहरूसंगको सहकार्यमा नगरभित्रका धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थानहरूको बारेमा छलफल र चर्चा गर्यो । भ्रमण वर्षको पुर्वसन्ध्यामा भएको त्यो प्रयासले एक किसिमको सन्देश प्रदान गरेतापनि नुवाकोट जिल्लाका पर्यटकिय स्थानहरूको प्रचार र त्यहाँसम्म पुग्ने मार्ग तथा जानकारीलाई यथेष्ट मात्रामा बाहिर लैजाने काम भने अहिलेसम्म भएको छैन ।
नुवाकोटमा घुम्नका लागि ‘खासै केही छैन’ भन्ने परम्परावादी साचेले हामी भरिएका छौं । साततले दरवार र देविघाट परिषरलाई मात्रै पर्यटकिय स्थलको रुपमा ब्याख्या गरिरहेका हामीले त्यस्ता सम्भावना र इतिहासलाई देखिरहेका छैनौं, जुन आन्तरिक र बाह्य पर्यटकका लागि राम्रो गन्तब्यका रुपमा विकास हुन सक्छ । नुवाकोटमा रहेको १२ वटा स्थानी तहरूसंग कम्तिमा पनि तीन देखि चार वटा राष्ट्रिय स्तरमा चर्चामा रहेका वा पर्यटक लोभिनसक्ने स्थान, पक्ष र विषयवस्तु छन् । तर स्थानीय सरकारले यस तर्फ ध्याननै नदिएको देखिएको छ । जसले गर्दा अबको दुई महिना पछि सुरु हुने नेपाल भ्रमण वर्षमा नुवाकोट जिल्लामा घुम्नका लागि आउने पर्यकटहरूलाई देखाउने कुरा नहुनसक्छ, वा पर्यटकहरू नै कम आउन सक्नेछन् । त्यसैले बाँकी रहेको यो अवधिमा यस तर्फ प्रशस्त अध्यायन, प्रयास र तयारीहरू हुनु आवश्यक र जरुरी देखिएको छ । त्यसका लागि दुवै नगरपालिका र १० वटै गाउँपालिकाहरूले आफ्नो स्थानीय तहमा भएका रहेका पर्यटकिय स्थान र महत्वका बारेमा सूची तयार गरेर प्रचारप्रसार गरिनु र त्यहाँसम्म पर्यटकलाई पुग्ने सहज अवस्थाको सृजना गर्नु महत्वपूर्ण ठहरिएको छ । होइन भने नेपाल भ्रमण वर्ष २०२० सकिदै गर्दा पनि नुवाकोट जिल्लाले त्यसको लाभ पटक्कै उठाउन सक्ने छैन । 

No comments:

Post a Comment