Tuesday, October 22, 2019

पर्यटक आकर्षित गर्ने काम भइरहेको छ

विदुर नपा वडा नं. ४ का अध्यक्ष तथा नपा प्रवक्ता टलकमान श्रेष्ठ । तस्बिर: इमेज 
विदुर/विदुर नगरपालिकाको वडा नम्वर ४ लाई आन्तरिक पर्यटकहरूका लागि आकर्षित गर्ने गरी काम भइरहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताएका छन् । धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थलहरूलाई संरक्षण गर्ने तथा स्थापना गर्ने काममा स्थानीय सरकार लागिरहेको उनको भनाई रहेको छ ।
गएको शुक्रवार बट्टार क्रियापुत्री कल्याणकारी प्रतिष्ठानको आयेजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख पण्डितले उक्त धारणा राखेका हुन् । वडा नं. ४ को बट्टारमा खाली रहेको जमिनहरूको प्रयोगमा नगरपालिकाले योजना बनाइरहेको उनले बताए । मानवको १६ कर्म मध्येको एक अन्तिम काजक्रृया पछिको कामका लागि निर्माण भइरहेको क्रियापुत्री भवनका लागि नगरपालिकाले १० लाख रुपैयाँ यो वर्ष विनियोजना भएको उनले जनाकारी दिए ।
अघिल्लो वर्ष समेत क्रियापुत्री भवन निर्माणका लागि विदुर नगरपालिकाले ५ लाख रुपैयाँ प्रदान गरेको थियो । धार्मिक तथा ऐतिहासिक स्थलाका साथै खुल्ःला स्थान बढी रहेकोले बट्टार हावाघर क्षेत्रमा आन्तरिक पर्यकटहरूका लागि काम भइरहेको छ । बसपार्क, घण्टाघर, जेष्ठ नागरिक विश्राम स्थल, प्रतीक्षालय, मन्दिरहरूको जिर्णोद्धार तथा क्रियापुत्री भवन निर्माणले यहाँको सुन्दरता बढाउने बताइएको छ । त्यसका लागि विदुर नगरपाकिलाले विकास निर्माणलाई प्राथमितकतामा राखेको र भुगोलका कारण केही समस्या भएको बताइएको छ ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सडक निर्माणका लागि सक्दो पहल भइरहेको बताए । वडा नं. १२ को सडकको स्तरोन्नतिका लागि मात्रै दुई करोड रुपैयाँ खर्च भएको उनले कार्यक्रममा सुनाए ।
विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष तथा विदुर नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठले विदुर नगरपालिका जिल्लाकै केन्द्रमा रहेको र त्यसमा पनि वडा नम्वर चार विभिन्न कारणले सम्वृद्ध रहेको बताए । उनले यस वडाको सम्वृद्धिलाई टिकाउने र अझ विकास गर्नेमा नगरपालिका र वडा कार्यालयको तर्फबाट प्रतिवद्धता जनाएका छन् ।
बट्टार क्रियापत्री कल्याणकारी प्रतिष्ठानले हावाघर नजिकै दुई तल्लाको क्रियापुत्री घर बनाइरहेको छ । २०६२ सालमा शिलान्यास भएको भवनको दुई वर्ष अघिबाट निर्माण कार्यमा तिब्रता आएको छ । निर्माण समितिका अध्यक्ष मोहनबहादुर खड्काका अनुसार अहिले एक तल्लाको ढलान स्म्पन्न भइसकेको छ । त्यसका लागि विदुर नगरपालिका र स्थानीयहरूले चन्दा दिएका छन् । अन्तराष्ट्रिय मापदण्डको भवन निर्माण भइरहेको र त्यसालई नेपालकै नमूना क्रिायपुत्री भवन बनाउने अध्यक्ष खड्काले बताए ।
दशैं लगायतका नेपालीहरूको विभिन्न चाडको शुभकामना आदानप्रदान तथा चियानका लागि आयोजना गरिएको कार्यक्रममा सहभागिहरूले विदुर नगरपालिका र त्यस भित्र पनि वडा नम्वर ४ को सामाजिक, धार्मिक र सांस्कृतिक पक्षहरूको चर्चा गरेका थिए । हिन्दुधर्मालम्बीहरूको मृत्यु पछि अन्तिम संस्कार गरेर बसिने क्रियाका लागि नुवाकोटमा सार्वजनिक र उपयुक्त स्थान भएकै कारण काठमाडौंको पशुपती लगायतका अन्य स्थानमा बस्दा आएका छन् ।
यो भवन निर्माण सम्पन्न भएपछि यो सम्मस्या हट्ने विश्वास गरिएको छ ।   

No comments:

Post a Comment