प्रितिका थापा
विदुर/अधिकांश खानेपानीको श्रोत बिकाश निर्माणको नाममा ध्वस्त भएको बताइएको छ ।
साउथ एशिया ईन्सिटयूट अफ एडभान्स स्टडिज (सियास) ले आयोजना गरेको विदुर पानी चौतारी कार्यक्रममा सरोकारवालाहरूले यसो भनेका हुन् ।
बिकास निर्माणको नाममा पानीको श्रोत बिनाश भएको सरोकारवालाहरूले बताएका हुन् । विदुर पानी चौतारी कार्यक्रममा विदुर नगरपालिका भित्रको जल सुरक्षा, चुनौती, अबसर र सम्भावनाहरूको बारेमा सरोकारवालाहरूसंग छलफल भएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले उपभोक्ताबाट आएको सुझावलाई कार्यन्वयन गर्दै जाने बताए । उनले खानेपानी सरसफाई तथा उपभोक्ता समिति को पहुँच नपुगेको ठाउमा नगरपालिकाले पानीको ब्यवस्था गर्ने उनले बताए ।
विदुर नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले विदुर नगरपालिका भित्र खानेपानीको समस्या आएपनि नगरपालिकाले बैकल्पिक उपायाँ खोजेको बताए । नगरपालिकाले आगामी दिनमा साना मुहानहरूलाई ठुला आयोजनामा मिसाएर उपभोक्तालाई खानेपानीमा थप सहज बनाउने लक्ष्य नगरपालिकाले लिएको उपप्रमुख दाहालको भनाई छ ।
कार्यक्रममा उपस्थितहरूले पानीको बढ्दो माग र घढ्दो आपूर्तिले समाजमा द्धन्द्ध निम्तिएको बताएका छन् । उपभोक्ताहरूलाई पानी सम्बन्धि शिक्षा कमी भएकोले शिक्षा दिनु पर्ने सरोकारवालाहरूले बताए ।
सियासले विदुर नगरपालिका विदुर क्षेत्रको जल सुरक्षा, जिबिकोपार्जन अध्यायन गरिरहेको छ । सानो समुहमा रहेर पानी र सहरीकरणका सवालहरूमा केन्द्रिकृत छलफल गरि सहज बनाउने सियासका कार्यकारी निर्देशक बिर खत्रीले बताए ।

No comments:
Post a Comment