Tuesday, October 22, 2019

आर्जनका लागि सिलाई कटाई

विदुर\सचेतन सामुदायिक केन्द्र विदुरले सञ्चालन गरेको निःशुल्क तीन महिने आधारभुत सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
आय आर्जन बढाउने उद्देश्यका साथ सञ्चालित ३ महिने सीपमूलक तालिम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सिलाई कटाई जानेर व्यवसाय गर्न चाहानेको लागी आवश्यक सहयोग गर्न विदुर नगरपालिका सधै तयार रहने बताए । उनले सीपलाई उपयोग गरि आफ्नो परिवारको जिवनस्तर उकासी वालबलिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणमा पहुँच बढाउन जोड दिए ।
सचेतन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पशुपती कोइरालाले समाजलाई सचेत बनाउन र आत्मनिर्भर बनाउनको लागी आधारभुत सिलाई कटाई तालिम सञ्चालन गरेको बताए । उनले सिकेको सीप व्यवहारमा उतारेर आयमुलक काम गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । तालिममा ६१ जना महिलाहरूले सहभागिता जनाएका थिए । आधारभुत तालिम सम्पन्न भएसंगै सचेतन सामुदायिक केन्द्रले अर्को ३ महिने ‘स्पेशल’ आधारभुत तालिमको सुरुवात गरेको छ । जसमा ३३ जना महिलाले सिलाई कटाईको सिप लिइरहेका केन्द्रका संस्थापक यमकुमार खातीले जानकारी दिए ।

No comments:

Post a Comment