Tuesday, October 22, 2019

दुर्घटनामा १ को मृत्यु

विदुर/काठमाडौंबाट नुवाकोट तर्फ आउदै गरेको आईचर दुुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बा २ ख ५९३६ नम्बरको आईचरले नुवाकोटबाट काठमाण्डौ जाँदै गरेको बा ६३ प ४३४ नम्बरको मोटरसईकललाई ठक्कर दिएको थियो । आईचरले ठक्कर दिएको मोटरसाईकलले काठमाण्डौ जँँदै गरेको अर्को ८१३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परी रसुवाका गम्बो तामाङको मृत्यु भएको हो । उपचारको लागी जिल्ला अस्पताल त्रिशुली उनको मृत्यु भएको प्रहरीले जनाएको  छ । दुर्घटनाका कारण रसुवा पार्बतीकुण्ड गाँउपालिकाका बेद तामाङ, तेजबहादुर तामाङ र चन्द्रमाया तामाङ घाईते भएका छन् । उनिहरूको काठमाडौकमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै, लिखु गाउँपालिकाको गड्खार पुल नजिकै बुधवार आइचर दुर्घटना भएको छ । काठमाण्डौबाट ढिकुरेतर्फ आउदै गरेको बा ५ ख ४६६१ नम्बरको आइचर अनियन्त्रित भई करिव ४० फिट तल खस्दा तीनजना घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परि सुर्यगढी गाउँपालिका वडा नम्बर ५ का आइचर चालक नबराज लामिछाने, सहचालक, बिक्रम तामाङ र पन्चकन्या गाउँपालिका वडा न. ४ आरुखर्कका यात्रु कृशला शाही घाइते भएका छन् ।
घाइते मध्ये चालक लामिछानेको टाउकोमा चोट लागेको छ भने सहचालक तामाङको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । त्यस्तै शाहीको बायाँ हात र निधारमा चोट लागेको छ । घाईतेमध्ये लामिछाने र तामाङको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ । शाहीलाई सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

No comments:

Post a Comment