विदुर/भारतले रोक लगाएपछि रसुवागढी नाकाबाट प्याज आयात बढेको छ । रसुवागढी नाकाबाट असोज महिनामा २ लाख ३९ हजार किलोग्राम प्याज आयात भएको छ । गत आर्थिक बर्षमा यो नाकाबाट प्याज आयात शून्य थियो ।
भारतले प्याज आयातमा रोक लगाएपछि व्यापारीले चीनबाट आयात गर्न थालेका हुन् । रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले चालु आर्थिक वर्षमा पहिलो पटक यो नाकाबाट यति धेरै प्याज आयात भएको बताए । नाकाबाट १ करोड २३ लाख रुपैयाँको प्याज आयात भएको उनको भनाई छ ।
आर्थिक वर्ष २०७५ र ७६ मा भारत र चीनबाट १६ करोड ७९ लाख केजी प्याज आयात भएको भन्सार विभागको तथ्याङ्क छ । रसुवागढी नाकाबाट आयात हुने कृषि तथा वनजन्य सामग्रीहरूमा स्याउ, नास्पाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, ड्राई मसरुम, बोडी, धानको बीउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर रहेको छ । बाँसको मुडा, काठको टेबल, नाङ्लो, बोधीचित्तको माला, धुपदानी र अम्रिसोको कुचोलगायत वस्तु चीन निर्यात भइरहेका छन् ।
यो नाकाबाट चीनतर्फ कृषिजन्य सामग्री निर्यात हुन सकेको छैन । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यहीबाट हुँदै आएको छ । रसुवागढीलाई २०७४ भदौ १४ मा अन्तराष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी–व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।

No comments:
Post a Comment