विदुर/चीनको सहयोगमा काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नती गर्नका लागि सहमती भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमत भएको छ । सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको छ । चीनसँग भएका २० समझदारीमध्ये यो पनि एक हो ।
यो समझदारीसँगै चिनियाँ नाका केरुङ र काठमाडौंबीच उन्नत सडक सम्पर्कका लागि चीनियाँ सहयोग परिचालन गर्न बाटो खुलेको छ । यो समझदारी अनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो । टोखा–छहरे सुरुङमार्ग ७ किमिको बन्नेछ । काठमाडौं रसुवागढी जोड्ने सुरुङमार्ग दुई खण्डमा निर्माण हुनेछ । काठमाडौंको टोखा र नुवाकोटको छहरे तथा रसुवाको बेत्रावती र स्याफ्रुवेंसीमा सडक सुरुङमार्ग निर्माण गरिनेछ ।
हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुंवेसी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ । काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुञ्चे र स्याफ्रुवेंसी हुँदै रसुवागडीको दुरी १५२ किमि छ । टोखा–छहरे गँगटे ४४ किलोमिटर छ ।
गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ । गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुवेंसी १९ किमि, स्याफ्रुवेंसी–रसुवागढी १६ किमि छ । दोस्रो चरणमा निर्माण हुने भनिएको मैलुङ–स्याप्रुबेसी सुरुङमार्गले मूलखर्क र राम्चेको पहिरो छल्न उपयुक्त हुने सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । मैलुङ–स्याप्रुबेसी सुरुङमार्गको सम्भाव्यताका सम्बन्धमा भने अध्ययन हुन बाँकी रहेको छ ।
काम चाँहि तिहार पछि मात्रै
विदुर/चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नति तिहारपछि मात्रै हुने भएको छ ।
निर्माणको जिम्मा पाएको टिबेट थियानलु कम्पनी लिमिटेडले दशैँ र तिहारको समयमा काम नगर्ने भन्दै आफ्नै देश फिर्ता भएको छ । कामले तिहारपछि निरन्तरता पाउने छ । टोलीले केही समयअघि सडक स्तरोन्नतिको सुभारम्भ गरेको थियो ।
चिनियाँ टोलीले ३९ महिनामा स्तरोन्नतिको काम सकाउने जनाएको छ ।
कालोपत्रेसहितको दुई लेनको सडक निर्माणका लागि ३ करोड ३९ लाख अमेरिकी डलर खर्च हुने छ ।यो सडकको लम्बाइ १५.८ किलोमिटर रहेको छ ।
यसैगरी साढे ८ मिटर चौडाइमा कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ ।
यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो ।

No comments:
Post a Comment