शर्मिला उप्रेती
विदुर/तुप्चेमा आयोजित बृहत्त खसी बजार तथा कृषि उपज मेलामा ४० लाख भन्दा बढी कारोबार भएको छ । मेलाबाटै १७० वटा खसी बोकाको बिक्रि भएको छ । लोकल कुखुरा, फर्सी, लगायतका कृषि जन्य सामाग्रीहरूको पनि विक्रि भएको छ । यो वर्षसंगै छ वर्षदेखि यो मेलालो विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा निरन्तरता पाएको छ । मेलाका कारण चीनबाट आउने भेडाच्याङ्याग्र र बाहिर जिल्लाबाट दसैंका लागि भित्रिने खसी बोका विस्थापन भएको छ ।
सहकारीले लगानी गरेर किसानहरूलाई खसी पालनमा उत्प्रेरित गर्दै आएको थियो । बिगतका बर्षमा जस्तै एक खरि बराबर १० हजार रुपैयाँका दरले सहकारीले लगानी गरेको छ । मेलामा एकैजनाले ३० वटा खसी बिक्रिका लागी ल्याएका थिए ।
दशैमा तिब्बतबाट आउने भेडा च्याङ्ग्राले नेपाली मुद्रा बाहिर लगेकोमा चिन्ता व्यक्त गर्दै तुप्चेका सहकारी संस्थाले बर्षेनी खसी मेलाको आयोजना गर्दै आएको छ । आयोजक संस्था हाम्रो सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद रिजालले मेलाले कृषक र ग्राहक दुवैलाई फाईदा मिलेको र सरकारीले उनीहरूको बीचमा समन्वय गराउन मेलाको आयोजना गरेको बताए ।
यो पाली पनि तुप्चेमा हाम्रो सहकारी संस्था लिमिटेडले खसी बजार मेला सञ्चालन गरेको हो । कृषि प्रधान मुलुकमा दसैंको लागि आवश्यक खसी बोकाको विकल्पमा चीनबाट आउने भेडा च्याङ्ग्रा रहेकोले तुप्चेका सहकारी पछिल्लो सात वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ । सोलेबजारमा आयोजना गरेको वृहत्त खसी बजार तथा कृषि उपज मेलामा उल्लेख्य कृषक तथा उपभोक्ताहरूको सहभागीता थियो ।
खसी बोका विक्रिको मेलासंगै किसानहरूले उत्पादन गरेका विभिन्न कृषिजन्य सामाग्रीहरूको समेत विक्रि भएका छन् । कृषि जन्य सामाग्रीहरूमा फर्सी, बेसार, लोकल कुखुरा लगायतको बिक्रि भएको थियो । गाउँमै पालेको खसी समान मुल्यमा खरिद गरेर यो पालीको दसैंलाई सर्वसुलभ र भब्य बनाउन मेलाले सहयोग पुगेको आयोजकहरूले जनाका छन् ।
ग्रामिण भेगमा उत्पादन भएको कृषि अनाज विक्रि तथा प्रर्दशनीको लागी बृहत्त खसी बजार तथा कृषि मेलामा राखिएको हो । आयोजक संस्थाले सामाग्री विक्रिको लागि राखिने स्टल निःशुल्क उपलब्ध गराएको थियो । खसी विक्रिका लागि आउने कृषकलाई सम्मान समेत गरेको हाम्रो सहकारी संस्थाका ब्यवस्थापक प्रदिप अधिकारीले जानकारी दिए ।आयोजकले यो पाली विक्रि गर्ने खसीको मुल्य समेत निर्धारण गरेको थियो । जस अनुसार यस बर्ष २५ केजीसम्मको खसीको प्रतिकेजी ५५०, २६ केजी देखि ३० केजीसम्मको खसीको प्रतिकेजी ५६० रुपैयाँ मुल्य निर्धारण गरेको थियो । ३१ केसी देखि ३५ केजीसम्मको खसीको प्रति केजी ५७०, ३६ केजी देखि ४० केजीसम्मको खसीको प्रति केजी ५८०, र ४० केजी भन्दा माथीको खसीको प्रतिकेजी ६ सय रुपैयाँमा बिक्रि भएको छ । उपभोक्ता सबैले सोही मुल्यमा सिधै कृषकसित खसी खरिद गरेका छन् ।
आयोजक संस्थाले निर्धारण गरेको मुल्य अनुसार नै खसीबोका तथा कृषि अनाजहरूको बिक्रि बितरण भएको थियो । हाम्रो सहकारी संस्थाबाट ऋण लिएर खसी पालन गरेको कृषकहरूले विक्रि गर्न ल्याउने खसीको प्रतिकेजी थप १० रुपैयाँ सहकारीले कृषकलाई उपलब्ध गराएको छ ।
पोहोर साल सोही स्थानमा आयोजना भएको वृहत्त खसी बजारमा मेला १ घण्टामा नै सकिएको थियो । खसीको संख्या कम भएकाले यस बर्ष खसी झण्डै ३ सय वटा मेलामा उपलब्ध् गराईएको थियो ।
मेलामा ल्याएका सबै खसी बिक्रि नभए पछी सहकारीले नै खरिद गरेको छ । साथै मेलामा ल्याएको कृषकको खसी बोका विक्रि नभएमा आयोजकले नै किनेर राख्ने जनाएपछि कृषकहरूले ठुलो संख्यामा खसी बोका आयोजना स्थलमा ल्याएका हुन् । पोहोर साल १ सय ३० वटा खसी बिक्रि भएको र उपभोक्ताको माग धान्न नसके पछि यस बर्ष खसीको संख्या बढाएको सहकारीका ब्यबस्थापक प्रदिप अधिकारीले बताए ।
दशैंको अवसरमा तुप्चेको सोलेबजारमा सम्पन्न भएको बृहत्त खसीबजार तथा कृषि उपज मेलाको आयोजना हाम्रो सहकारी संस्था लिमिटेडले गरेको हो । यस्तै अर्को साल यो मेलालाई व्यवस्थित गर्दै कृषकले विक्रिका लागि ल्याउने खसी, बोका, कुखुरा तथा अन्य कृषि उत्पादनहरूलाई सहकारीले नै खरिद गर्ने र सोही मुल्यामा उपभोक्तालाई विक्रि गर्ने भएको छ ।
यस्तै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका, च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको छ ।
![]() |
खसी बिक्रि पछि नगद गन्दै कृषक । तस्बिर : रोशन बोगटी/इमेज |

मेलामा खसी बिक्रिका लागि आएका महिला । तस्बिर : रोशन बोगटी/इमेज |
पोहोर साल सोही स्थानमा आयोजना भएको वृहत्त खसी बजारमा मेला १ घण्टामा नै सकिएको थियो । खसीको संख्या कम भएकाले यस बर्ष खसी झण्डै ३ सय वटा मेलामा उपलब्ध् गराईएको थियो ।
मेलामा ल्याएका सबै खसी बिक्रि नभए पछी सहकारीले नै खरिद गरेको छ । साथै मेलामा ल्याएको कृषकको खसी बोका विक्रि नभएमा आयोजकले नै किनेर राख्ने जनाएपछि कृषकहरूले ठुलो संख्यामा खसी बोका आयोजना स्थलमा ल्याएका हुन् । पोहोर साल १ सय ३० वटा खसी बिक्रि भएको र उपभोक्ताको माग धान्न नसके पछि यस बर्ष खसीको संख्या बढाएको सहकारीका ब्यबस्थापक प्रदिप अधिकारीले बताए ।
दशैंको अवसरमा तुप्चेको सोलेबजारमा सम्पन्न भएको बृहत्त खसीबजार तथा कृषि उपज मेलाको आयोजना हाम्रो सहकारी संस्था लिमिटेडले गरेको हो । यस्तै अर्को साल यो मेलालाई व्यवस्थित गर्दै कृषकले विक्रिका लागि ल्याउने खसी, बोका, कुखुरा तथा अन्य कृषि उत्पादनहरूलाई सहकारीले नै खरिद गर्ने र सोही मुल्यामा उपभोक्तालाई विक्रि गर्ने भएको छ ।
यस्तै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका, च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको छ ।
No comments:
Post a Comment