Tuesday, October 22, 2019

ट्राफिक नियम उलङ्घनको घटनामा बढोत्तरी

विदुर/ट्राफिक कार्यालय नुवाकोटले एकै दिन १३९ सवारीसाधनलाई कारबाही गरेको छ ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्लाको विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा एकैदिन ठुलो संख्यामा सवारीसाधन कारवाहीमा परेका हुन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट प्रमुख विकल भट्टराईका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३९ सवारीसधानलाई कारबाही गरिएको हो । कारवाहीमा पर्नेहरूमा मोटरसाईकल, आएचर, वस, ट्रक लगायतका सवारीसाधन रहेका छन । कारवाही गरिएकमा एकसय ३९ सवारीसाधनबाट ९५ हजार राजस्व संकलन भएको उनले बताए ।
यस्तै यात्रुसँग बढी भाडा असुल्ने ३ सवारीसाधनलाई भाडा फिर्ता गर्न लगाइएको छ । उनीहरूलाई यातायात विभागको दफा अनुसार कारवाही गर्न सिफारिस गरिएको प्रमुख भट्टराईले बताए । दशैँ मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि नुवाकोट प्रहरीले जिल्लाको विभिन्न् सडकमा गुड्ने सवारीसाधनलाई चेकजाँचमा कडाइ गरेको छ । यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले शनिबार एकसय ७ सवारीसाधनलाई कारवाही गरी ७२ हजारभन्दा बढी राजश्व संकलन गरेको थियो । यसै बीच, जिल्ला ट्राफिक कर्यालय नुवाकोटले एक सातामा ३३० वटा सवारी साधनलाई कारबाही गरेको छ ।
चोरीमा सम्लग्न पक्राउ
पछिल्लो ३ दिनमा मोटरसाइकल चोरीमा सम्लग्न ६ जनालाई नुवकोट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पक्राउ पर्नेमा बेलकोटगडी नगरपालिका वडा नं. ४ का  टेकबहादुर लामा, आकाश तामाङ, सुनिल गोले, सेतबहादुर तामाङ रहेका छन् । त्यस्तै विक्रम आचार्य र सितल केसीलाई भने विदुर नगरपालिका–६ बाट पक्राउ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

No comments:

Post a Comment