विदुर/नेपालीहरूको सबै भन्दा ठूलो चाड बडादसैंले विभिन्न रुपमा चर्चा र महत्व राख्ने गरेको छ । त्यसमा देवीको नाममा चढाईने बली र मासु खानका लागि परिने पशु काटमार पनि एक रहेको छ ।
मासु खाने भक्तजनहरूले आफुलाई मिठो लागेको मासु देवीलाई पनि चढाएर खाने गर्दाले यो चलन बसेको अनुमान गरिएको छ । हिन्दु धर्मशास्त्रकै आधारमा भन्ने हो भनेपनि बलिको अर्थ त्याग गर्नु हो । मानिसमा रहेको १० वटा नकारात्मक कुराहरू रहेको र ती विकारलाई त्याग्न पनि बली दिइएको बताइन्छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल र कपटबाट ग्रस्त मानिसहरूले बली दिन उपयुक्त हुन्छ पनि भनिएको छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटी, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको रहेको छ ।
यसरी समग्र मानव जातीको हित र सुधारका निम्ती दसैंमा गरिने धार्मिक अनुष्ठान गाँसिएका छन् । दसैंसंगै गासिएको पशुबलीको पनि महत्व र अर्थ रहेको पनि बताइन्छ । मानिसमा भएको विभिन्न १० खाले खराव गुण हटाउनका लागि देवीलाई पशु दिइदै आएको कथन नेपाली समाजमा रहेको छ ।
कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । र ति प्रतिकका रुपमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना त्याग्नका लागि मानिसले बली दिँदै आएका छन् । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता रहेपनि मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थालेको र त्यसैको चलन बसेको बताइन्छ ।
पछिल्लो समय पशु बलीको विषयमा अधिकारबादीहरूले शसक्त आबाज उठाउँदै आएका छन् । त्यसै गरी आध्यामिक र धर्मका व्याख्यताहरूले पनि बलीलाई उपयुक्त भनेका छैनन् । तै पनि दसैंमा देवीलाई चढाउनका लागि र घरघरमा मासु खाने प्रयोगजमा हत्या गरिने पशुको संख्या धेरै रहेको छ । फुलपातीबाट सुरु भएको खसी, बोका, राँगा, हाँस लगायतका पशु पंक्षी बली दिने र मासु खाने प्रयोगमा काटिने क्रम नबराती सम्म चल्ने छ । यसरी मासु खानका लागि काटिएको या बली चढाइएको पशु पंक्षिको मासु पछिसम्मलाई हुनेगरी राखेर खाने चलन नेपाली समाजमा रहेको छ ।
चाडपर्व र रमाईलोको नाममा गरिने पशु हत्याको विषयमा पछिल्ला वर्षहरूमा पक्ष विपक्षमा तर्क हुँदै आएको छ । अहिंसावादी व्यक्तिहरू दसैंमा देशै भरी दिइएको पशु पंक्षिको बलीको प्रायश्चित गर्न र मुक्तिका लागि ब्रस्त समेत बस्ने गरेका छन् ।
यसै बीच, दशैंको मासु राम्रोसँग पकाएर मात्रै खान विज्ञहरूले सुझाव दिएका छन् । राम्रोसँग नपाकेको मासु खाएमा मासुमा भएको किटाणु जिउँदै शरीर भित्र पस्ने र मानिसलाई हानी गर्ने उनीहरूको भनाई छ ।
मासु खानुअघि पशु चौपाय स्वस्थ्य भए नभएको एकिन गर्न पनि चिकित्सकले आग्रह गरेका छन् । अस्वस्थ पशुको मासु खाँदा मानिसमा प्रतिकुल असर पर्ने भएकोले ध्यान दिनुपर्ने उनीहरूले बताएका हुन् । दशैंको समयमा मासु प्रयोग अधिक हुने भएकाले यसको सेवनमा ध्यान दिन अनुरोध गरिएको हो ।
मासु धेरै खाएमा पेट गडबडी हुने, दुख्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, बेचैनी आदिजस्ता शारीरिक अस्वस्थताका लक्षण देखा पर्न सक्ने छ । भुटेर तारेर खानेभन्दा स्वस्थ मासु उसिनेर खाँदा शरीरका लागि राम्रो हुने चिकित्सकहरूको भनाई रहेको छ ।

No comments:
Post a Comment