Tuesday, October 22, 2019

सडकको बिषयमा बिभागमै चर्काचर्की

विदुर/दुई वर्षदेखि धराप जस्तै बनेको छहरे टोखा सडकको स्तरउन्नतीको बारेमा छलफलका क्रममा सडक विभागमै चर्काचर्की भएको छ । कर्मचारी र नेताहरु बीच यस सडकको विषयमा विवाद भएको  छ । नेताहरू सडकका लागि आवह्यक रकम विनियोजन गरेको भएपनि विभागले काम नगरेको बताइएको छ ।
छहरे टोखा सडकखण्डको बारेमा यही प्रसङ्गलाई लिएर नुवाकोटका नेता र सडक बिभाग बिच सडकमै बहस भएको छ ।
प्रदेश तथा संघीय मन्त्रालयबाट सडक स्तरोन्नतिको लागि आवश्यक रकम पठाइए पनि सडक बिभागको लापरबाहीले जनताले सास्ती बेहोर्नु परेकाले सडक बिभागका कर्मचारीलाई सडकमै बोलाएर बहस गर्न‘परेको प्रदेश सांसद बद्री मैनालीले बताए ।
नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ, प्रदेश सांसद बद्री मैनाली, ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ लगायत नेकपाका नेता तथा कार्यकर्ताको संयुक्त टोलीले डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख, ईन्जिननियर  लगायतलाई तत्काल चाडपर्वलाई ध्यानमा राखेर सडक यात्रा सहज कायम गराउन निर्देशन दिएका छन् ।
बिगतमा सडक स्तरोन्नतिका लागि करोडौं रकम विनियोजन भए पनि सडक बिभागले गरेको आनाकानी र आफ्नो तर्फबाट सहि कार्यन्वयन दिन नसक्दा सडकको यो हालत भएको संघीय सांसद हितबहादुर तामाङले बताए ।
प्रदेश सरकार तथा संघीय मन्त्रालय द्वारा विनियोजित ३ करोड बराबरको रकम सहि कार्यन्वयको अपेक्षा राखेको सांसद राधिका तामाङले बताए । यता डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले भने वर्षाको समय भएको र निर्माण सामग्री ढुवानीका सयौं गाडीहरू निर्वाध चल्दा सडकको अवस्था बिग्रेको बताए ।

No comments:

Post a Comment