केदार ढकाल
विदुर/पाारिवारिक, सामाजिक र आर्थिक पक्षले साथ नदिँदा महिलाहरू उद्यमी बन्न गाह्रो रहेको नुवाकोटका महिला उद्यमीहरूले बताएका छन् ।
पूर्णिमा परियोजनाको संयोजनमा नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको व्यवसायमा महिला विषयक अन्तरक्रिया कार्यक्रममा महिलाहरूले व्यवसाय गर्न चाहेमा परिवारबाट आर्थिक सहयोग नहुने, ऋण लिएर व्यवसाय गर्न खोज्दा वैङ्क तथा वित्तिय संस्थाले नपत्याउने गुनासो गरे ।
संघसंस्थाले सिप सिकाएर दक्ष बनाए पनि महिलाप्रतिको विश्वास नभएर परिवारले लगानी नगरिदिदा सिप अनुसारको उत्पादन गर्ने वातावरण नभएको महिलाहरूले नै दावी गरेका छन् । महिलाहरूको नाममा उद्योग तथा व्यवसाय दर्ता सञ्चालन गरेर पुरुषले नै सम्पूर्ण स्वामित्व लिइरहेको अवस्था अहिले रहेको महिला उद्यमीहरूको गुनासो छ । महिला उद्यमीले तयार गरेको बस्तु तथा सामाग्रीले बजार पाउन बढी मुस्किल रहेको उनीहरूको भनाई छ । ‘नुवाकोटको अहिलेको खास समस्या नै यही देखिएको छ’ संघका अध्यक्ष ताराबहादुर कार्कीले भने
एक अर्काबीच सहकार्य, समझदारी नहँुदा पहुँचको आधारमा सरकारी तथा गैरसरकारी संघसस्थाहरूले उपलव्ध गराउने सहभागितामुलक तथा सिपमुलक तालिममा एक पक्षिय मात्र हावी भइरहेको महिला व्यवसायीहरूको भनाई छ । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नुवाकोट त्रिदेशिय मार्गको केन्द्र विन्दु रहेकोले मौलिकता झल्कने बस्तुको उत्पादनमा जोड दिँदा मात्रै बजारको समस्या नहुने बताए । उनले महिलाहरू उद्यमी तथा व्यवसायी बन्न चाहेमा बैङ्ले समेत सहुलियत व्याजमा ऋण प्रवाह गरिरहेकोले केही समस्या भए नगरपालिका आउन आग्रह गरे । ‘हामी यसका लागि पुरा तयार छौं, तपाईहरू ढुक्क भएर आउनुस्’ मेयर पण्डितले भने ।
व्यवसाय सुरु गरिसकेपछि घाटा भयो भनेर पछि हट्न नहुने लक्ष्मी शर्मा र गीता भण्डारीले सुझाव दिए । व्यवसायमा चुनौतीको सामना गर्न सके मात्र सफल बन्न सकिने भन्दै उनीहरूले निरन्तरता दिन जिल्लाका महिला उद्यमीहरूलाई आग्रह गरेका छन् । ‘महिलाहरूको नाममा उद्योग तथा व्यवसाय दर्ता मात्रै हुने गरेको र खासमा उद्योगी व्यवसायी चाँही पुरुषनै रहेको आन्तरिक रोगले महिला उद्योगी व्यवसायीलाई कमजोर पारेको छ’ नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले भने ।
संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा, नुवाकोट उद्योग बाणिज्य संघका द्धितिया उपाध्यक्ष सन्तोष उप्रेती, पूर्णिमा कार्यक्रमका जिल्ला संयोजक चक्रपाणी तिमिल्सिना लगायतले जिल्लामा नै लगानी गर्ने वातावरण प्रशस्त रहेकोले पुरुष व्यवसायीहरूसँग प्रतिष्पर्धा गरेर अघि बढ्न महिला उद्यमीहरूलाई सुझाव दिएका छन् ।
विदुर/पाारिवारिक, सामाजिक र आर्थिक पक्षले साथ नदिँदा महिलाहरू उद्यमी बन्न गाह्रो रहेको नुवाकोटका महिला उद्यमीहरूले बताएका छन् ।
![]() |
विदुरमा आयोजित महिला व्यवसायीको कार्यशाला तस्बिर : केदार /इमेज |
संघसंस्थाले सिप सिकाएर दक्ष बनाए पनि महिलाप्रतिको विश्वास नभएर परिवारले लगानी नगरिदिदा सिप अनुसारको उत्पादन गर्ने वातावरण नभएको महिलाहरूले नै दावी गरेका छन् । महिलाहरूको नाममा उद्योग तथा व्यवसाय दर्ता सञ्चालन गरेर पुरुषले नै सम्पूर्ण स्वामित्व लिइरहेको अवस्था अहिले रहेको महिला उद्यमीहरूको गुनासो छ । महिला उद्यमीले तयार गरेको बस्तु तथा सामाग्रीले बजार पाउन बढी मुस्किल रहेको उनीहरूको भनाई छ । ‘नुवाकोटको अहिलेको खास समस्या नै यही देखिएको छ’ संघका अध्यक्ष ताराबहादुर कार्कीले भने
एक अर्काबीच सहकार्य, समझदारी नहँुदा पहुँचको आधारमा सरकारी तथा गैरसरकारी संघसस्थाहरूले उपलव्ध गराउने सहभागितामुलक तथा सिपमुलक तालिममा एक पक्षिय मात्र हावी भइरहेको महिला व्यवसायीहरूको भनाई छ । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नुवाकोट त्रिदेशिय मार्गको केन्द्र विन्दु रहेकोले मौलिकता झल्कने बस्तुको उत्पादनमा जोड दिँदा मात्रै बजारको समस्या नहुने बताए । उनले महिलाहरू उद्यमी तथा व्यवसायी बन्न चाहेमा बैङ्ले समेत सहुलियत व्याजमा ऋण प्रवाह गरिरहेकोले केही समस्या भए नगरपालिका आउन आग्रह गरे । ‘हामी यसका लागि पुरा तयार छौं, तपाईहरू ढुक्क भएर आउनुस्’ मेयर पण्डितले भने ।
विदुर नपाका मेयर पण्डित, उद्यमीसंग अन्तरक्रिया गर्दै तस्बिर : केदार /इमेज |
संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा, नुवाकोट उद्योग बाणिज्य संघका द्धितिया उपाध्यक्ष सन्तोष उप्रेती, पूर्णिमा कार्यक्रमका जिल्ला संयोजक चक्रपाणी तिमिल्सिना लगायतले जिल्लामा नै लगानी गर्ने वातावरण प्रशस्त रहेकोले पुरुष व्यवसायीहरूसँग प्रतिष्पर्धा गरेर अघि बढ्न महिला उद्यमीहरूलाई सुझाव दिएका छन् ।
No comments:
Post a Comment