Tuesday, October 22, 2019

भ्रमण वर्षमा घुम्नुपर्ने नुवाकोटको स्थान

विदुर/भ्रमण बर्ष २०२० को लागी नुवाकोटले तीव्र तयारी थालेको छ । प्रादेशिक क्षेत्र प्रदेश नम्बर ३ अन्तर्गतको ऐतिहासिक जिल्ला नुवाकोटले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पहल थालेको हो ।
पर्यटन वर्ष २०२० लाई सफल पार्न र ऐतिहासिक नुवाकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउन यतिखेर नुवाकोट लालायित भएको छ । त्यसैको तयारीमा यतिखेर नुवाकोट प्रादेशिक सरकार तथा स्थानीय निकाय, स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू एकजुट भएका छन् ।
विश्व पर्यटन दिवसको अवसर पारेर जिल्लाको सदरमुकाम विदुरमा भिजिट नेपाल २०२० को एक बहस नै चलाइएको थियो । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश ३ को आयोजना र स्थानीय सरकार विदुर नगरपालिका नुवाकोटको सहआयोजना सञ्चालित कार्यक्रममा ऐतिहासिक धरोहर नुवाकोटले भिजिट नेपाल २०२० को अधिकतम फाइदा उठाउनुपर्ने आवाज उठेको छ । राजधानी काठमाडौँसँग जोडिएको जिल्ला तर प्राकृतिक, सांस्कृति एवं धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण नुवाकोट पर्यटकीय दृष्टिकोणले अब्बल रहेको भन्दै यसको प्रचार प्रसार र प्रवद्धर्नमा लाग्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । 
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको पहिलो सुरुवात नुवाकोट जिल्लाबाटै गरेका थिए । पहिलो र दोस्रो आक्रमणबाट पराजित भएका शाहले तेस्रो पटक वि.सं. १८०१ मा आक्रमण गरी नुवाकोटमाथि विजय गरेका थिए । 
जितपछि नुवाकोटमा दरबार बनाई पृथ्वीनारायण शाहले गोरखा र नुवाकोटलाई राजधानी बनाएका थिए । २४ वर्ष नुवाकोटबाटै राज्य सञ्चालन गरेका थिए । भ्रमण बर्ष २०२०को लागी नुवाकोटको मुख्य पर्यटकिय स्थलहरूको संभाब्यता अध्यन गरि उजागर गरिएको छ । नुवाकोट सात तले दरबार, बेल्कोटगढी, दुप्चेश्वर महादेब मन्दिर, सागरकुण्ड, ककनी, लगायतका क्षेत्रहरूलाई मुख्य क्षेत्रको रुपमा
प्रचार प्रसार सुरु गरेको छ । आन्तरिक एवं बाह्य पर्यटहरू भित्र्याउनको लागी नुवाकोटमा पुर्बाधारहरूको प्रचारप्रसारमा जोड दिएको छ ।  धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरूमा शिवपुरीमा अवस्थित सूर्यचौर, चिम्टेश्वर, भैरमकोट, भैरवी मन्दिर, बेत्रावतीको उत्तरगयाधाम, देवीघाटको जालपा मन्दिर, राम मन्दिर लगायतका क्षेत्रहरूलार्य आन्तरिक पर्यटकहरूको गन्त्ब्यको रुपमा लिएको छ ।

No comments:

Post a Comment