Tuesday, October 22, 2019

नुवाकोट प्रहरी समुदायसित बढी सक्रिय

विदुर/हरप्रहर गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय नुवाकोटले अभियान सञ्चालन गरेको छ । 
चाडपर्बको समयमा समुदायमा सुरक्षाको प्रत्याभुत गर्नको लागी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको शक्रियतामा प्रहरी हाम्रो टोलमा भन्ने अभियान सञ्चालन भएको हो । समग्र नुवाकोटे नागरिकहरूको सुरक्षाको जिम्मेवारी पाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनशक्ति अभाब र भौतिक संरचनाको अभाबमा पनि सेवा प्रबाहमा चुस्त दुरुस्त बनाउने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा कोहि पनी नागरिकहरूले असुरक्षाको महशुस गर्न नपाउने भुमिका निर्बाह गर्नको लगी नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले निर्देशन दिएका छन् ।
समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत सबै टोल टोलमा प्रहरीको उपस्थिति गराउने जिल्ला प्रहरी कार्यालय नुवाकोटको योजना रहेको छ । नुवाकोटमा सुरक्षा जनशक्ति अभाब भएता पनी नागरिकहरूले चाहे जस्तो सुरक्षाको प्रत्याभुत दिलाउन जिल्ला प्रहरी कार्यालय तत्पर रहेको बताईएको छ । नुवाकोटमा रहेका करीब साढे दुई लाख नागरिकहरूको सुरक्षाको लागी जम्मा ४१९ जना प्रहरीको दरबन्दि रहेको र त्यसमा पाी हाल नुवाकोटमा ३ सयको हाराहारिमा मात्रै प्रहरी रहेका छन् 
प्रहरीको संख्यामा कमि भएता पनी सबै नागरिक सबै प्रहरी भन्ने उद्देश्यले हिडेमा कुनै पनी सङ्कट नआउने प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै, नुवाकोटमा सञ्चालित सबै यातायातका साधनहरूलाई दशैको समयमा ब्यबस्थित र मर्यादित बनाउनको लागी यातायात ब्यबसायी र सरोकारवालाहरू लागि परेका छन् ।  एक साता अघि प्रहरी प्रमुख अबिनारायण काफ्लेले यातायात ब्यबसायीहरूलाई आफ्नो कार्यकक्षमा बोललाउदै चाडपर्बमा सहज रुपले यातायातको ब्यबस्थापन गर्नको लागी आग्रह गरेका छन् । ट्राफिक नियमको पालना गराउदै सुरक्षित तबरले यात्रुहरूलाई गन्तब्य सम्म पुराउनको लागी आग्रह गरेका छन् ।
दशैको समयमा सबारी साधनहरूले बढि भाडा लिने, बिना रुट परमिट सबारी कुदाउने, तिब्र गतीमा सबारी चलाउने लगायतका कारण सडक दुर्घटना हुने भएकाले त्यसलाई नियन्त्रण गर्न यातायात समितिसँग आग्रह गरेका हुन् । सबारी चालक, सहचालक लगायत सबारीसँग आबद्ध भएका सबै ब्यक्तिहरूलाई दशैको समयमा मर्यादिन भएर सबारी सञ्चालन नगरेमा कडा कारबाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यातायात ब्यबसायीहरूले चालक र सह चालकहरूलाई टाढैबाट चिनिने ओभर ज्याकेटको ब्यबस्था गर्ने बताएका छन् । यस्तै, चाडपर्बको अबसरमा आबाश्यक पर्ने थप यात्रुबहाक बसहरूको समेत ब्यबस्थापन हुने भएको छ । चाडपर्बको समयमा सबारी साधनहरूलई ब्यबस्थित बनाउनको लागी सबै सरोकारवाला निकायहरूको सहयोगले मात्रै दुर्घटना न्युनिकरण गर्न सकिने बताईएको छ । 

No comments:

Post a Comment