Tuesday, October 22, 2019

गापा कार्यालयमा शंकास्पद बस्तु

विदुर/नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा बुधवार बिहान शंकास्पद बस्तु फेला परेको छ ।
वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट बम जस्तो शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । गाउँपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङको अनुसार कार्यालयको मुख्य ढोका (फलामे चेन गेट) बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस्तु राखेको अबस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराईएको थियो ।
प्रहरीले त्यसलाई त्यहाँबाट सुरक्षित स्थानमा हटाएको अध्यक्ष तामाङले बताए । उक्त बस्तु बमजस्तो भएपनि एकीन हुन भने बाँकी रहेको छ । कसले र किन त्यो बस्तु राखेको खुल्न सकेन ।

No comments:

Post a Comment