Tuesday, October 22, 2019

जग्गाको क्षतिपूर्ती दिइने


ककनी/काठमाडौँ महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका स्थित सिसडोल ल्याण्डफिल्ड क्षेत्रभित्र परेका जग्गाको बालीनालीको क्षतिपूर्ति दिने भएको छ ।
काठमाण्डौ महानगरपालिकाको कार्यपालिका बैठकले सिसडोल ल्याण्डफिल्ड क्षेत्रभित्र परेका प्रभावित जग्गाको बाली क्षतिपूर्ति दिने निर्णय गरेको हो । दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर सिसडोलमा लगिने गरेको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
जसमा सबैभन्दा बढी काठमाण्डौबाट पाँच सय मेट्रिकटन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र काठमाण्डौ महानगरपालिकाले गरी दुई सय गाडी फोहर ल्याइने गरेको छ ।
त्यसैगरी फोहरमैला व्यवस्थापनमा विद्यमान अभ्यास, यसका लागि लगानी बोर्डबाट गरिएका प्रयासको समीक्षा गर्दै बैठकले महानगरको दायित्वभित्र पर्ने फोहरमैला व्यवस्थापन कार्यमा पनि छलफल गरेको छ । 

No comments:

Post a Comment